Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुकम्प प्रभावित महिलालाई मनिषाले बाँड्नेछिन् सेफ्टी टिप्स

फिल्मीखबर, काठमाडौं, 2015/05/11

अभिनेत्री मनिषा कोइरालाले बैशाख १२ गतेको भूकम्पका कारण विस्थापित गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरूका साथै युवायुवतीको पक्षमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को सद्भावना दूतका हैसियतले आवाज बुलन्द गर्न आफु प्रत्यक्ष रुपमा सहभागि हुने र सघाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।


‘यो विपद्को घडीमा आफ्नै मुलुकमा युएनएफपीएस“ग आफ्नो साझेदारी नवीकरण गर्न पाउ“दा म वास्तबमै खुशी भएकी छु,’ कोइरालाले भनेकी छिन् ‘यतिवेला युएनएफपीएको जीवन बचाउका पहलहरू अझ बढी आवश्यक छन् ।’ युएनएफपीए नेपालले विस्थापित महिला र बालिकाको प्रतिष्ठा पुनस्थार्पित गर्ने स्यानिटरी प्याड, फ्यास–लाईट र नया“ कपडालगायत सामग्रीहरू समावेश भएको ‘डिग्निटी–किट’ वितरण गर्दे आएको छ ।

 


मनिषाले प्रत्यक्ष सहभागि भएर भुकम्प प्रभावित महिला तथा शिशुलाई स्वास्थ्य चेतना बाँडने जानकारी युएनफपिएले जनाएको छ । मुम्बईमा रहेकी मनिषा केही दिनमै सोही उद्धेश्यका लागि नेपाल आउँदैछिन् ।
 

Most Visited News (monthly)