Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फूलपातिमा आउने भयो 'चंखे...

फिल्मीखबर, काठमाडौं, 2015/05/13

महाभूकम्पका कारण जेठ १ गतेको मितिमा रिलिज हुन नपाएको फिल्म चंखे शंखे पंखेको नयाँ रिलिज मिति घोषणा गरिएको छ । निर्देशक सुर्दशन थापाले दिएको आधिकारिक जानकारी अनुसार आउँदो कार्तिक ३ गते पर्न जाने  फुलपातीका दिन देखि मोफसल र कार्तिक ६ गते देखि काठमाण्डू उपत्यकामा चंखे रिलिज हुने छ । 



कमेडी श्रेणीमा रहेर राष्ट्रियताको कथा उठान गरेको चंखेका यो नयाँ रिलिज मितिमा रेखा थापाको रामप्यारी प्रर्दशन हुने बताईदै आईएको छ तर भूकम्पका कारण उक्त फिल्मको सुटिङ कहिले देखि सुरु गर्ने   र  कहिले  रिलिज गर्ने  अन्योल तिब्र छ।



यस्तै फुलपातीमा भुवन केसी निर्देशित ड्रिम्स पनि प्रर्दशन हुने बजार हल्ला छ तर १५ प्रतिशत मात्रै सुटिङ सकिएको उक्त उक्त फिल्मको सुटिङलाई पनि भूकम्पले असर पार्दा यसको पनि  फुलपाती रिलिज भ्याउने नभ्याउने निश्चित बनिसकेको छैन् ।  यस्तै सो  मितिमा गोर्खा पल्टन निर्देशक नारायण रायमाझी निर्देशित परदेशी र गोपीकृष्ण मुभिजको ठमेल डटकम पनि प्रर्दशन हुने खबर छ ।

Most Visited News (monthly)