Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुलिस अफिसर बन्दै प्रियंका

फिल्मीखबर, काठमाडौं, 2015/05/11

पूर्व मिस वल्र्ड प्रियंका चोपडालाई दर्शकले फेरि एक पटक पुलिसको अधिकारीको भूमिकामा देख्ने भएका छन् । फिल्म ‘गंगाजल २’मा प्रियंकालाई दर्शकले आइपिएस अफिसरको रुपमा देख्ने भएका हुन् । प्रियंकाले यसअघि ‘गुन्डे’मा पुलिस अफिसरको  भूमिका निभाएपनि पुलिसको ड्रेसमा देख्न पाएका थिएनन् ।

 

तर ‘गंगाजल २’मा प्रियंकाको लुक फिल्म पूरा नहुँदै बाहिरिएको छ । फिल्म युनिटले सुटिङ सुरु नुहँदै प्रियंकाको पुलिस लुक बाहिर ल्याएको हो । केही दिनमै फिल्म फ्लोरमा जाँदैछ ।
‘गंगाजल २’ प्रकाश झाको निर्देशनमा बनेको ‘गंगाजल’को दोस्रो भाग हो । अजय देवगन, ग्रेसी सिंह, मुकेश तिवारीको मुख्य भूमिका रहेको फिल्मले बक्स अफिसमा सफलता पाएको थियो ।फिल्मको दोस्रो भागमा भने अजय देवगन छैनन् । उनले फिल्ममा निर्माताको भूमिका निभाउनेछन् । फिल्ममा राहुल भट्ट र प्रकाश झा स्वयं भने महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

Most Visited News (monthly)