Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनिषाले नेपालमा ५० अस्थायी घर निर्माणमा सघाउने

फिल्मीखबर, काठमाडौं, 2015/05/13

नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालका भूकम्प पीडितका लागि अस्थायी घर बनाउने अभियानमा साथ दिने भएकी छिन् । मनिषाले ‘लोकाजित’ नामको एनजिओको पहलमा भारतको नागपुरमा भएको रकम संकलन कार्यक्रममा नेपालमा घरबार बिहिन मानिसका लागि ५० वटा अस्थायी घर निर्माण गर्ने अभियानमा आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

 

नेपालको कला क्षेत्रको संरक्षणका लागि भनि खोलिएको ‘लोकाजित’ले दैविक विपत्तिमा आफ्नो उद्धेश्य परिवर्तन गर्दै सहयोग रकम संलन गर्ने अभियान थालेको थियो । मनिषाले सोही अभियानमा उपस्थिति जनाउँदै घर निर्माणमा सहयोग गर्ने बचनबद्धता व्यक्त गरेकी हुन् । रकम संकलन अभियानमा ‘लोकाजित’लाई मनिषासँगै बलिउड अभिनेता गुलसन ग्रोभरले पनि साथ दिएका थिए ।

 


राष्ट्रसंघीय जनसंख्या सद्भावना दूत मनिषाले दुई दिन अघि मात्रै नेपालका भूकम्प पीडित महिला तथा बालबालिकाका लागि ‘डिग्निटी कार्ड’ वितरणमा प्रत्यक्ष सहभागिता जनाउने आसय व्यक्त गरेकी थिइन् । हाल भारतमा रहेकी मनिषा स्थिति सामान्य भएपछि नेपाल आउने बुझिएको छ ।

 

 


 

Most Visited News (monthly)