Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहे गर्ने मुडमा अर्का रनवीर पनि

फिल्मीखबर, काठमाडौं, 2015/05/14

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको प्रेम जोडी भएको त सबलाई थाहा छ । दुवैले यो कुरा आफ्नै मुखले भने सकारेका छैनन् ।  बिदा मनाउँदादेखि हरेक स्थानमा एकसाथ देखिएपनि यो जोडी आफूलाई साथी मात्र भन्दै आएको छ । तर, एकसाथ हिड्दा रनवीर र दीपिकाले फ्यानसँग पोज दिन छाडेका छैनन् ।

 

तर दुनियाँका अगाडि साथी मात्र भएको नाटक गरिरहेपनि दुवैले सम्बन्धलाई अर्को तहमा लैजान लागेको भने रनवीरको एक कदमले पुष्टि गरेको छ । रनवीरले  दीपिकाका पिता प्रकाश पादुकोण र दिदी अनिशासँग भेट गरेको खबरले उनीहरुले सम्बन्धलाई अर्को तहमा लैजान लागेको छनक दिएको हो । रनवीरले दुवैलाई मुम्बइको सिटी होटलमा भेटेका हुन् । 

 

सो भेटमा रनवीर र दीपिकाको बुबाका बीचमा गम्भिर कुराकानी भएको भारतीय अखबारले जनाएका छन् ।रनवीरको यो खबरसँगै लाग्दैछ बलिउडमा डिजाइरेबल ब्याचलरहरु सबै सकिँदैछन् । किनकी केही दिन अघि रणवीर कपुरले पनि कट्रिनासँग अर्को वर्षको अन्त्य सम्ममा विवाह गर्ने बताईसकेका छन् ।

Most Visited News (monthly)