मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चर्चा १ अर्बको, हमालले कति दिए ?

फिल्मीखबर, काठमाडौं, 2015/05/14

अभिनेता राजेश हमालले नेदरल्याण्डबाट १ अर्ब उठाएको खबरले तातेको नेपाली मिडिया अहिले उनले डेढ अर्बको औषधी ल्याएको भनेर  चर्चामा छ । अभिनेता हमालले नेदरल्याण्डमा १ अर्ब उठाएको भन्ने खबर झुटो सावित भैसकेको छ । नेदरल्याण्डका नेपालीले हमालले आफ्नो पहलमा उठाएको भनिएको एक अर्ब रकम उठिसकेको भन्दा पनि उठाउने लक्ष्य मात्र रहेको बताएका छन् ।

 

हमाल आफैंले भने नेदरल्याण्डको शेर्पा रेष्टुरेन्टमा उपस्थित हुँदै जम्मा १७ सय यूरो मात्र उठाएको त्यहाँका नेपालीले बताएका छन् । सत्य कुरा के हो हमालले अहिलेसम्म पनि स्पष्ट पारेका छैनन् । तर समाचारको चौतर्फी खण्डन हुन थालेपछि हमालले घुमाउरो गरी पैसा उठाउने नेदरल्याण्डको संस्थालाई धन्यवाद भन्दै फेसबुकमा स्ट्याटस लेखेका थिए । तर नेदरल्याण्डको किस्सा नसेलाउँदै नेपालमा उनले डेढ अर्बको औषधी ल्याउन मद्धत गरेको समाचार आए ।

 

डाइरेक्ट रिलिफ नामक संस्थाले नेपालमा डेढअर्ब बराबरको औषधी फेडएक्सको विमानबाट झारेको कुरा सत्य हो तर त्यसमा हमाललको भूमिका के थियो र त्यत्रो औषधी लेराउन उनले कहिलेदेखि र कसरी पहल गरे अहिलेसम्म थाहा पाउन सकिएको छैन । औषधी लेराउने डाइरेक्ट रिलिफको आधाकारिक वेभसाइटमा पनि हमालको संलग्नताको कतै उल्लेख छैन । बरु नेपालको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको अनुरोधमा भारतबाट औषधीसँगै डाक्टरहरु पनि मगाएको सो वेवसाइटमा उल्लेख छ ।


  यसले के संकेत गर्छ भने केही दिन अघि आएको औषधी पनि हमालले ल्याएको भन्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहिलमा आएको हो । डाइरेक्ट रिलिफ नामक संस्थाले आफ्नो वेभसाइटमा हमालको नाम कतै पनि उल्लेख गरेको छैन । भूकम्प गएको करिब दुई सातापछि नेपाल आएका हमाल अहिले राहत वितरणमा सक्रिय छन् ।

 

तर, नेपालमा सर्वाधिक धेरै र महंगो पारिश्रमिकमा चलचित्र खेलेका हमालले आफ्नो गोजीबाट भने भूकम्प पीडितका लागि कति रकम निकाले ? करिब ३ सय भन्दा ज्यादा फिल्म, थुप्रै विज्ञापन र विदेश र स्वेदशका कार्यक्रममा महंगो रकम लिएर हमालले राम्रै आम्दानी गरेका छन् । अहिले कलाकर्मीहरु आफै रकम उठाएर भूकम्पबाट पीडितको पूनस्थापनामा लागेका छन् । ठिकै छ हमालले अर्बौं सहयोग आफ्नो पहलमा भित्र्याए तर समाजले अहिले पनि सोधिरहेको छ महानायकले आफ्नो गोजीबाट कत्ति निकाले ?