Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहेनन् भूकम्पबाट घाइते प्राविधिक

फिल्मीखबर, काठमाडौं, 2015/05/14

वैशाख १२ गते गएको भूकम्पबाट गम्भिर घाइते भएका प्राविधिक धनबहादुर श्रेष्ठको मृत्यु भएको छ । उपचारका क्रममा उनको काठमाण्डौको निधान अस्पताला मृत्यु भएको हो । ५८ बर्षका श्रेष्ठ भूकम्प जाँदा आफ्नो घर काभ्रेमा थिए । घर भित्र रहेकी ९८ बर्षकी आमालाई बचाउँन खोज्दा उनलाई घरले किचेको थियो ।

 

यसपछि उनलाई चलचित्र प्राविधिक संघको पहलमा काठमाण्डौको मोडल अस्पतालमा उपचार गरिएको थियो । उनको मृत्य भएपछि हामी सबैका लागि भन्ने नाराका साथ कलाकर्मीहरुले सुरु गरेको राहत कोषबाट १५ हजार क्रिया खर्च उपलब्ध गराइएको छ । नेपाल चलचित्र प्राविधिक संघले उनको परिवारलाई राहत दिने महासचिव अनन्त तिमिल्सिनाले जानकारी दिएका छन् ।

Most Visited News (monthly)