Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16471 - 16476 of 24017
फिल्मीखबर, टेक्सास, 2015-03-09, सोमवार

अभिनेता जीवन लुईटेल र अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म 'भूलभुलैया'लाई अमेरिकामा रूचाईएको छ । आईतवार अमेरिकाको टेक्सासमा फिल्म हेरेपश्चात दर्शकले राम्रो प्रतिकृया दिएको प्रिमियरमा उपस्थित अभिनेता लुईटेलले जानकारी दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-08, आईतवार

विश्वका कान्छा फिल्म निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल बालक सौगात विष्ट 'शान्ता राष्ट्रिय उत्कृष्ट बाल पुरस्कार २०७१' बाट पुरस्कृत भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-08, आईतवार

शुक्रबारबाट हलमा लागेको फिल्म `पूनर्जन्म`को काठमाण्डौको बीग सिनेमामा प्रेस शो गरिएको छ । फिल्मकर्मी र सञ्चारकर्मी उक्त प्रेस शोमा उपस्थित थिए ।  

फिल्मीखबर, काठमाण्डौ, 2015-03-08, आईतवार

नेपाली फिल्म क्षेत्रमा पुरुष पात्र हाबी हुँदै आएका छन् । पुरुषको पछि पछि नाच्ने पात्रको रुपमा मात्र महिलाहरुलाई लिइन्छ । तर, समय बदलिएको छ । महिलाको नामबाट पनि फिल्म चल्छ र उनीहरु समाजमा प्रभाव पार्न सक्छन् भन्ने देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-08, आईतवार

बलिउड अभिनेता आदित्य पंचोलीलाई प्रहरीले पक्राउ गरेको छ । जुहूको होटल सी प्रिसेन्सको पबमा शनिबार राति १२ बजे हातपात तथा तोडफोड गरेको अभियोग प्रहरीले पक्राउ गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-08, आईतवार

बलिउड स्टार अभिनेता शाहरुख खान आज नेपाल आउने कार्यक्रम रद्द भएको छ । त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको ट्राफिक जामको कारण देखाउँदै शाहरूख भोली मात्र नेपाल आउने आयोजक कम्पनी कान्साई नेरोल्याक पेन्ट्सका कन्ट्री म्यानेजर सत्यप्रकाशले जानकारी दिए ।

Results : 16471 - 16476 of 24017