मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चालु भयो सुटिङ

फिल्मीखबर, काठमाडौं, 2015/05/27

भूकम्पको कारण रोकिएका फिल्मको सुटिङ सुरु भएको छ । पराकम्पन जारी रहँदा पनि फिल्मकर्मीहरुले दैनिकीमा फर्कंदै सुटिङ सुरु गरेका हुन् । पराकम्पन चलिरहँदा पनि कम्तिमा आधा दर्जन फिल्मले छायांकन जारी राखेका छन् । छायांकन जारी राख्नेमा ‘ब्रासलेट’, ‘ड्रिम्स’, ‘बाजीगर’, ‘लक्ष्य’ आदि रहेका छन् ।


पहिलो भूकम्प जाँदा पोखरामा रहेको ‘ब्रासलेट’ले पोखराबाटै सुटिङ सुरु गरेको छ । भूकम्पका कारण बारम्बार रोकिएको फिल्मको अझै हप्ता दस दिनको सुटिङ बाँकी रहेको छ ।
भुवन केसीले भने अपर मुस्ताङको पहिलो सेड्युल सकेर सुटिङ जारी राखेका हुन् । उनले पनि पोखरामै सुटिङ गरिरहेका छन् । पहिलो सेड्युलपछि लगभग एक महिना ब्रेक गरेका भुवन केसीले मंगलबारबाट ‘ड्रिम्स’को छायांकन थालेका हुन् ।

 


पूराना निर्माता शेखर कोइरालाले राजबिराजमा फिल्म ‘बाजीगर’को सुटिङ चालु राखेका छन् । पहिला दोस्रा सबै खाले भूकम्पका बेला राजबिराजमै रहेको युनिटले निरन्तर सुटिङ गरिरहेको छ । जीवन लुईटेलको मुख्य भूमिका रहेको फिल्मको सुटिङ सक्न अझै १५ दिन लाग्नेछ ।

 


वैशाखमा नै फ्लोरमा जाने भनेर घोषणा गरेका फिल्म ‘लक्ष्य’ले बुधबारबाट बल्ल सुटिङ थालेको छ । यो फिल्मले पनि भूकम्पले खासै प्रभाव नपारेको पोखरा आसपासकै ठाउँबाट सुटिङ सुरु गर्न लागेको हो । फिल्मले लमजुङबाट सुटिङ सुरु गर्न लागेको छ ।फिल्म ‘ठमेल डटकम’ले पनि पोखरामा मै सुटिङ गरिरहेको छ । तर फिल्मले अरु दृश्यको नभई गीतको मात्र सुटिङ गरेको हो । मुस्ताङमा गीत खिचेको टोलीले पोखरामा ‘प्याचवर्क’ गर्न लागेको हो ।