मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सय करोड क्लबमा ‘पिकु’

फिल्मीखबर, काठमाडौं, 2015/05/26

बाबु छोरीको सम्बन्धमा बनेको फिल्म ‘पिकु’ले सय करोड भारु कमाई गरेको छ ।  फिल्मले १३ औं दिनमा सय करोडको आँकडा छुन सफल भएको हो । योसँगै ‘पिकु’ सय करोड कमाउने यो वर्षको तेस्रो फिल्म बनेको छ । यसअघि अक्षय कुमारका ‘बेबी’ र ‘गब्बर इज ब्याक’ले देश विदेश गरी सय करोड भन्दा बढी कमाई गरेका छन् ।

 


फिल्मले विदेशबाट मात्र ३४ करोड कमाई गरेको थियो । व्यापार विश्लेषक तथा समिक्षक तरण आदर्शले सोमबार ट्वीट गर्दै ‘पिकु’को कमाई सय करोड नाघेको पुष्टि गरेका थिए । फिल्मले भारतीय बजारबाट मात्र ७२ करोड कमाई गरेको छ र फिल्म अझ पनि देश विदेशका धेरै हलमा लागिरहेको छ ।

 


फिल्ममा अमिताभ बच्चन, इरफान खान र दीपिका पादुकोनको मुख्य भूमिका रहेको छ । अमिताभ बच्चनले पनि ट्वीट गर्दै फिल्मले सय करोड पार गरेको खुशी व्यक्त गरेका थिए ।
फिल्मले दिल्लीदेखि बनारस हुँदै कलकत्ता जाँदा बाबु छोरीको सम्बन्धका रआरोह अवरोहका कथा प्रस्तुत गर्छ । फिल्मलाई सुजित सरकारले निर्देशन गरेका हुन् ।

 


फिल्मको कथा, इरफान –दीपिकाको केमेस्ट्री र दीपिका र अमिताभको सम्वादले फिल्मलाई रोचक बनाएको र बक्स अफिसमा दर्शक तान्न सकेको समिक्षकको टिप्पणी रहेको छ । अघिल्लो साल तीन तीन वटा सय करोड क्लबमा सामेल फिल्मकी अभिनेत्री बनेकी दीपिकाले यो साल बल्ल खाता खोलेकी छिन् ।