
'नाईं नभन्नु ल' र त्यसको सिक्वेल 'नाईं नभन्नु ल २'लाई दर्शकले अत्याधिक रूचाएपछि निर्देशक विकास आचार्यले तेस्रो सिक्वेलको रूपमा 'नाईं नभन्नु ल ३' बनाए । आगामी चैत्र २७ गते रिलिज हुने उक्त फिल्मको फस्टलुक पोस्टर रिलिज गरिएको छ ।

अभिनेत्री पूजना स्त्रीको निर्माण तथा निर्मल शर्माको निर्देशन रहेको फिल्म 'चकलेट'को ट्रेलर रिलिज गरिएको छ । उक्त ट्रेलरमा फिल्मका मुख्य हिरो आयुष्मान घिमिरे छायाँमा छन् ।

बलिउडका चर्चित अभिनेता शाहरुख खानसँग सात्क्षात्कार गर्न सोमबार काठमाण्डौको ह्यात होटलमा आयोजना गरिएको प्रेसमिट खल्लो भएको छ । पत्रकार सम्मेलनमा प्रश्न गर्न नदिंदा उपस्थित सम्पूर्ण पत्रकारले खल्लो महसुश गरेका हुन् ।

अभिनेत्री सुमिना घिमिरेको विवाह सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा मिडियालाई खबर नगरी सुमिनाले पाईलट रोशन सापकोटासँग विवाह गरेकी हुन् ।

बलिउड स्टार अभिनेता शाहरुख खान आज नेपाल आएका छन् । उनी दिउँसो त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा आफ्नै निजी विमानबाट ओर्लेका हुन् ।

अभिनेत्री सुमिना घिमिरेले आज विवाह गर्दैछिन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा उनको बैबाहिक कार्य चलिरहेको छ । मिडियालाई खबर नगरी सुमिनाले विवाह गरेकी हुन् ।

