मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेतासँग फुटबल खेल्दै कलाकार

फिल्मीखबर, काठमाडौं, 2015/05/27

भूकम्प पीडितका सहयोगार्थ नेपाली सांगीतिक तथा फिल्म क्षेत्रका कलाकर्मी र राजनीतिक दलका नेताविच फुटबल खेल हुने भएको छ । जेठ २३ गते शनिबार हल चोक मैदानमा फुटबल खेल आयोजना गर्न लागिएको आयोजक संस्था नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देबकोटाले बताए ।



राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कलाकारहरुसँग सहकार्य गर्दै ‘पून निर्माण र जागरणका लागि’ भन्ने नाराका साथ फुटबल खेल गर्न लागेको बताए । यस्तै, जेठ २६ गतेबाट १२ दिन ‘मेचीकाली हास्यब्यङ्ग्य सांगीतिक कार्यक्रम’ पनि आयोजना गर्न लागिएको छ । नेपालका चर्चित १२ जना हास्यकलाकार र केही गायक तथा गायिका यो यात्रामा सहभागी हुनेछन् ।



पत्रकार सम्मेलनमा एमाओवादीका नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुन, नेपाली कांग्रेसका नेता गगन थापा र नेकपा एमालेका नेता रविन्द्र अधिकारीले फुटबल खेल र सांगीतिक यात्रा सफल पार्न आ आफ्नो पार्टी र व्यक्तिगत रुपमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



कलाकारहरु जितु नेपाल, अशोक शर्मा, सिताराम कट्टेल, किरण केसी, नवल खड्का लगायतले खेल सफल पार्नका लागि कलाकारहरुको तर्फबाट पूर्ण सहयोग गर्ने भन्दै नयाँ पत्रिकालाई धन्यवाद दिएका थिए । गायिका कोमल वलीले नेता र कलाकार मध्ये कसले बढी दर्शक ल्याउने भन्दै चुनौती पनि दिएकी थिइन् ।फुटबल खेल र सांगीतिक कार्यक्रमबाट उठेको रकम सरकारसँगको सहकार्यमा भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणमा खर्च गरिने आयोजकले बताएको छ ।