मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

ऋतिक पनि फ्यान भए यो जोडीको

एजेन्सी, मुम्बई, 2015/05/27

बलिउड अभिनेता ऋतिक रोशनलाई त डान्सका गुरु नै मानिन्छ । उनी नृत्यमा दख्खल भएका अभिनेता हुन् । तर, उनै ऋतिक अहिले अभिनेता बरुण धवन र अभिनेत्री श्रद्धा कपुरको प्रशंसा गरेर थाक्दैनन् । श्रद्धा र बरुण फिल्म ‘एवीसीडी २’ मा एकसाथ देखिदैछन् ।

 

यो फिल्ममा यी दुई कलाकारले गरेको नृत्यबाट ऋतिक कायल बनेका हुन् । उनले ट्विटरबाट आ आफ्नो प्रतिभालाई बाहिर निकाल्न आग्रह गर्दै बरुण र श्रद्धाको प्रशंसा गरेका हुन् । उनले यी दुई कलाकारको नृत्यबाट आफू अत्यन्त प्रभावित भएको पनि ट्विट गरेका छन् ।

 

ऋतिकको यो प्रशंसा पाएपछि दुई कलाकार पनि दंग छन् । जुन महिनाको दोश्रो साताबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् । फिल्ममा बरुण र श्रद्धाले धेरैलाई आश्चर्य चकित बनाउँदै गज्जबकै नृत्य गरेका छन् ।