
फिल्म 'पीके'मा निर्वाह गरेको भूमिकाका कारण बलिउड अभिनेता सुशान्त राजपुतको फ्यान संख्या बढिरहेका छन् । उनी चाँडै नै क्रिकेटर धोनीको जिवनीमा बन्न लागेको फिल्ममा मुख्य भूमिकामा पनि देखिदैछन् ।

फागुन १ गते गोलाप्रथामा पराजित भएर पछि सरेको फिल्म 'अधकट्टी' जेठ ८ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । संचारकर्मी समेत रहेका सुव्रत आचार्यले पहिलो पटक यो फिल्म निर्देशन गरेका हुन् ।

फिल्म 'रामलीला'मा करिब ३० केजीको पहिरन लगाएकी बलिउडी अभिनेत्री दीपिका पादुकोण अब ८० केजीकी भएकी छिन् । दीपिकाको वास्तविक तौल भने ६० केजी हो । दीपिका नयाँ फिल्म 'बाजिराओ मस्तानी'मा ८० केजीको रूपमा देखिदैछिन् ।

प्रदर्शन मिति नजिकिदै गएपछि फिल्म 'षडङ्ग'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर केही दिन अगाडि नै सार्वजनिक भैसकेको छ ।

अभिनेत्री प्रियंका कार्की सोमबार बेलुकी काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको एक कार्यक्रममा मस्तले नाचिन् । बलिउड वादशाह शाहरूख खानको उपस्थितीमा आयोजना भएको कान्साई नेरोल्याक पेन्ट्सको एक कार्यक्रममा प्रियंकाले हिन्दी गीतमा नृत्य गरिन् ।

अभिनेता राजेश हमालले आउँदो नयाँ बर्ष फिनल्याण्डमा मनाउने भएका छन् । नयाँ बर्ष २०७२ को अवसर पारेर गैरआवासीय नेपाली संघ फिनल्याण्डले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा हमाललाई प्रमुख आकर्षण बनाउन लागिएको हो ।

