मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनसँग दुश्मनी पछि सुदर्शन खोज्दैछन् चकलेटी हिरो

फिल्मीखबर, काठमाडौं, 2015/05/27

अभिनेता आर्यन सिग्देलसँग सम्बन्ध राम्रो भएको भए सायद निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘प्रेम गीत’ उनैलाई खेलाउन सक्थे । तर, यी दुई फिल्मीकर्मी विचको दुश्मनीले दुबैले ‘मधुमास’ यता एकसाथ काम गरेका छैनन् ।

 

सुदर्शन थापाले निर्देशन गरेको र आर्यनले अभिनय गरेको फिल्म ‘मेरो एउटा साथी छ’ यी दुबैलाई स्थापित गराएको थियो । अहिले सुदर्शन आफ्नो नयाँ फिल्म ‘प्रेम गीत’का लागि अभिनेताको खोजीमा छन् । फिल्ममा अभिनेत्रीका रुपमा पूजा शर्मा भने फाइनल भइसकेकी छिन् । सन्तोष सेनले निर्माण गर्न लागेको यो फिल्मलाई माया गर्नेहरुले आफ्नो भन्ने सुदर्शनको दाबी छ ।

 

यो फिल्ममा काम गर्ने यूवक अबको नयाँ स्टार हो भनेर दाबी समेत गरिसकेका छन् सुदर्शनले । सुदर्शनको यो दाबी हेर्दा लाग्छ, उनी आर्यन सिग्देललाई टक्कर दिने यूवकको खोजीमा छन् । फिल्म ‘चंखे शंखे पंखे’को प्रदर्शन मिति भूकम्पका कारण पछि सरेपछि सुदर्शन नयाँ फिल्म सुरु गर्ने तयारीमा लागेका हुन् ।

 

जसका लागि अडिशन मार्फत नयाँ अभिनेताको खोजी गरिएको छ । आर्यनसँगको दुश्मनीका कारण आफै हिरो बनेका थिए सुदर्शन । तर, आफू हिरो बन्ने संभावना ‘अझै पनि’ असफलतासँगै धरापमा परेपछि सुदर्शनले नयाँ हिरोको खोजी गरेको विश्लेषण गरिएको छ ।