
होली पर्व नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशकलाई पनि लागेको छ । आ-आफ्नो तबरले कलाकारहरुले होलीमा रमाइलो गरे ।

बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म 'जन्मभूमी'ले सेन्सर बोर्डबाट 'युनिभर्सल' प्रमाण पत्र पाएको छ । फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैंची नचलाई 'यू' सर्टिफिकेट दिएको निर्माण टिमले जानकारी दियो ।

'गिनिज बुक अफ द वल्र्ड रेकर्ड'मा संसारकै कान्छो निर्देशकको रूपमा नाम लेखाउन सफल सौगात बिष्ट र फिल्म ‘लभ यू बाबा’को निर्माणपक्षले आफूलाई सहयोग गर्ने कलाकार, प्राविधिकदेखि पत्रकारहरुलाई सम्मान गरेको छ ।

करिब दुइ दर्जन फिल्ममा अभिनय गरेपनि चर्चा पाउन नसकेका अभिनेता सुवास मेचे आफूलाई एक्सन अभिनेताको रुपमा चिनाउन चाहन्छन् । हरेक फिल्ममा एक्सन भूमिकामा नै देखिने यी अभिनेता रिलिजको क्रममा रहेको फिल्म 'किल्ला'मा पनि एक्सन भूमिकामा नै छन् ।

फिल्म 'चेन्नई एक्सप्रेस'को सफलतापछि हौसिएका शाहरूख र रोहित नयाँ फिल्म निर्माणमा लागेका छन् । फिल्मको नाम 'पञ्जाब एक्सप्रेस' राखिएको छ । यो कुरा स्वयंम रोहितले नै स्विकार गरेका छन् ।

फिल्म 'सुश्री' बन्ने भएको छ । आज काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै फिल्म बन्न लागेको जानकारी दिइयो । एक सय भन्दा बढी फिल्ममा कथा, पटकथा तथा संवाद लेखिसकेका शिवम् अधिकारीले पहिलो पटक यो फिल्मलाई निर्देशन गर्न लागेका हुन् ।

