मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुःख बाँडन माइत आइन विपना

फिल्मीखबर, काठमाडौं, 2015/05/27

भारतको मथुरामा बस्दै आएकी अभिनेत्री विपना थापा भूकम्प पीडितलाई राहत लिएर काठमाडौं आएकी छिन् । मंगलबार राहत सामाग्रीका साथ नेपाल आएकी विपनाले आफूसँगै २ सय लिटर तेल, पाँच क्विन्टल चामल, पाँच सय किलो दाल र चिनी, नून दुई क्विन्टल, साबुन चार पाँच कार्टुन र बालबालिकाहरुका लागि आवश्यक खाजाका रुपमा बिस्कुटहरु ल्याएकोे जानकारी दिइन् ।

 

उनले आउँदो जाडो महिनालाई ध्यानमा राखेर १ हजार ५० वटा सिरक डस्ना समेत बोकेर आएको बताइन् । विपनाले यसअघि पनि तीन ट्रक सामान, एक मिनी ट्रक औषधि पठाएकी थिइन् । उनले बुधबार आफ्नो माइती गाउँ काठमाडौंको स्युचाटार क्षेत्र वरिपरिका साढे दुई सय घरमा राहत बाँडेकी थिइन् ।  विपनाले बुधबार काभ्रेको बालुवापाटीमा ध्वस्त भएका चार सय घरधुरीलाई राहत बाँड्ने योजना बनाएकी छिन् ।  

 


विपना थापाले २०६३ मा बिहे गरेपछि नेपाली फिल्ममा अभिनय करियर छाडेर भारतमै बसोबास गरेकी थिइन् । उनले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता फिल्ममा अभिनय गरेकी थिइन् । उनको पहिलो फिल्म ‘जन्मभूमि’ २०५३ सालमा सार्वजनिक भएको थियो ।