म्युजिक भिडियोबाट फिचर फिल्ममा प्रवेश गरेकी प्रकृति श्रेष्ठ फेरि एक पटक भिडियोमा देखिएकी छिन् । प्रकृतिलाई निर्देशक सुरेश दर्पण पोखरेलले पुनः एक पटक म्युजिक भिडियोको अभिनयमा फर्काएका हुन् । बिहे गरेर हाल अष्ट्रेलियाको मेलबर्न सहरमा रहेकी प्रकृतिलाई दर्पणले सोही ठाउँमा भिडियो खिच्दै मोडलको रुपमा अभिनय गराएका हुन् ।
‘के भो तिमीलाई’ शीर्षकको गीतमा प्रकृतिलाई संजय कँडेलले साथ दिएका छन् । गीतमा रमेश दाहालको शब्द, टीका दाहालको संगीत र अबुन पाण्डेको स्वर रहेको छ । भिडियोलाई अष्ट्रेलियामै बस्ने जीवन रसाइली र सुरेश महर्जनले छायांकन गरेका हुन् । पोखरेलले सीमित साधनमा पनि राम्रो भिडियो बनाउने प्रयास गरेको बताए । भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।
फिल्म ‘होस्टल’बाट फिचर फिल्ममा डेब्यु गरेकी प्रकृतिले ‘उत्सव’, ‘जिन्दगी रक्स’ र ‘आभाष’मा अभिनय गरेकी थिइन् ।
प्रकृतिको अभिनय रहेको गीत यस्तो छ

