बलिउड अभिनेता साहरुख खान र अभिनेत्री काजोलको चर्चा सधै नै हुन्छ । यो जोडीले पर्दामा थुप्रै हिट फिल्म दिइसकेको छ । यतिमात्र होइन साहरुख र काजोल राम्रो साथी पनि हुन् ।
तर, काजोलकै कारण उनका पति अजय देवगण र साहरुख खानको सम्बन्ध राम्रो छैन पनि भनिन्छ । अजय साहरुखलाई साथी मान्न तयार छैनन् । तर, केही दिन अगाडि साहरुख र अजय वुल्गेरियाको एक रेष्टुरेन्टमा खाजा खादै गरेको अवस्थामा भेटिएका थिए । यसपछि, उनीहरुको सम्बन्ध सुध्रिएको विश्लेषण पनि गरिएको छ ।
उनै अजयले साहरुख र काजोल एकसाथ काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिएका छन् । उनले साहरुख र काजोलको जोडीलाई हेर्न दर्शक पनि ब्यग्र प्रतिक्षा गर्ने भन्दै आफू पनि सधै यो जोडीलाई पर्दामा हेर्न चाहने बताए । उनले साहरुख र काजोल एक राम्रो साथी भएको प्रतिक्रिया दिए । अजयको यो प्रतिक्रियाले साहरुखसँग उनको सम्बन्ध सुध्रिएको अुनमान गर्न सकिन्छ ।

