Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

राहत लिन गएकी रेखा कता हराइन् ?

फिल्मीखबर, काठमाडौं, 2015/07/19

भुकम्पको समयमा पशुपति आर्यघाटमा पुगेर केही मृतकको शव जलाउन सहयोग गरिरहेकी अभिनेत्री रेखा थापा यसपछि एकाएक अमेरिका हानिइन् । रेखा अमेरिका हानिनुको मुख्य कारण उनले रामेछापमा पक्की घर बनाउन राहत ल्याउनु थियो । रेखा अमेरिका हानिएपछि उनले संचालन गर्दै आएको रेखा थापा फाउन्डेशन महासचिव सविर श्रेष्ठले चलाइरहेका छन् । उनकै हातबाट केही फिल्मीकर्मी र केही पत्रकारलाई राहत पनि वितरण गरिएको थियो ।



तर, अमेरिका हानिएकी रेखा राहत लिएर नेपाल आउने चर्चा सेलाइसकेको छ । तर, उनी नेपाल फर्किएकी छैनन् । रेखाले डाक्टरको टिम र ठूलो मात्रामा औषधी ल्याउने बताएकी पनि थिइन् । तर, रेखा अमेरिका पुगेको पनि ३ महिना भैसकेको छ ।भुकम्पपछि केही कलाकार अर्थ संकलनका लागि गरिने कार्यक्रममा भन्दै अमेरिका हानिए । तर, रेखा अमेरिका हानिनुको कारण ठ्याक्कै खुलेको छैन । आफ्नो फिल्म रामप्यारीको छायांकन पनि साउन १५ मा सारेर रेखा अमेरिका हानिएकी थिइन् ।



तर, अमेरिका पुगेर रेखाले कुनै कार्यक्रम गरेको वा भाग लिएको जानकारी पनि प्राप्त भएको छैन । रेखासँगै अमेरिकामा उनका प्रेमी भनेर चर्चामा आएका सुदर्शन गौतम पनि साथमा थिए । नेपालमा खासै काम नभएपछि रेखा अमेरिका पुगेको पछिल्ला गतिविधीले देखाएको छ । रेखा साउनको दोश्रो  साता नेपाल फर्कने बताउँछिन् । तर,  रेखा अमेरिकाबाट आएपछि आफूले बोलेको बचन पुरा गर्छिन् या गर्दिनन् ? प्रतिक्षा रहनेछ ।

Most Visited News (monthly)