Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘नाईँ नभन्नू ल’मा नयाँ जोडीको खोजी

फिल्मीखबर, काठमाडौं, 2015/07/23

‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागमा मुख्य भूमिकाका लागि नयाँ कलाकारको खोजी सुरु भएको छ ।  निर्देशक बिकास आचार्यले अडिसन कल गर्दै अभिनयमा रुची भएकालाई सम्पर्कका लागि आग्रह गरेका छन् ।


निर्देशक बिकास आचार्यले स्थापित अभिनेताहरुसँग आफूलाई चाहिएको समय उपलब्ध नभएकाले नयाँ कलाकार लिएर काम गर्न लागेको जानकारी गराए । तय भईसकेका अभिनेता अनुभव रेग्मीसँग धेरैको समय नमिल्दा नयाँ कलाकार लिएर काम गर्न लागेको उनको भनाई छ । ‘अनुभवको विदाको समय सदुपयोग गर्दै सुटिङ गर्नुपर्ने भएकाले  स्थापित अभिनेताहरुसँग समय बाझिन गयो । कथाले पनि नयाँ अभिनेता नै मागिरहेकाले नयाँमा जाने निर्णय गरेका हौं,’ निर्देशक बिकासले भने ।



उनले १७ देखि २५ वर्षको उमेर भएका अभिनयमा रुची भएका जोकोहीले पनि सम्पर्क गर्ने सक्ने बताएका छन् । बाँकी सबै कुरा तय भईसकेको फिल्म भदौको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा छ ।  फिल्ममा अनुभव रेग्मी र प्रियंका कार्की लगभग फाइनल भईसकेका छन् । नयाँ कलाकार टुंगो लाग्ने बित्तिकै सुटिङको तयारी थाल्ने आचार्यले बताए । ‘नाई नभन्नू ल’का यस अघिका तीनै शृंखला हिट भएका थिए । तेस्रो शृंखला निर्देशनको जिम्मा सहायक निर्देशक मुस्कान ढकाललाई दिएका आचार्यले चौथो शृंखला स्वयंले निर्देशन गर्नेछन् ।


फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ । राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले आवाज दिएको फिल्मका गीतको रेकर्डिङ सकिईसकेको छ ।

Most Visited News (monthly)