
अखिल भारतीय तेरापंथयुवक परिषदसँगको समन्वयमा नेपाली सिनेमाका कलकारहरु आज भक्तपुरको बागेश्वरी पुग्दा भुकम्प पिडिहरु निकै खुशी देखिए । उनीहरुले भुकम्पको पिडालाई पनि केहीक्षण भुले । बागेश्वरी पुगेका कलाकारहरुले रमाईलो ढंगमा सरसफाईको कुरा गरे, सबैलाई हसाई हसाई महामारी देखि सचेत रहनआग्रह गरे अनि राहतपनि बाडे ।

“गोपीकृष्ण महाभूकम्प राहत संकलन कोष २०७२” मार्फत भूकम्प पीडितहरुको सहयोगमा गोपीकृष्ण निरन्तर लागि रहेको छ । १२ गतेको भूकम्पले ठूलो क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकको थकनीमा मङ्गलबार गोपीकृष्णले राहत वितरण सँगै निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

बलिउड अभिनेता सलमान खानलाई बर्षको जेल सजायँ सुनाइएपछि बलिउडले समर्थनमा आफ्नो भनाई राखिरहेको छ । सबैजसो बलिउडका कलाकर्मीले सलमानलाई समर्थन गरिरहेका छन् । तर, वुधबार सलमानको फैसला आएलगतै बलिउडका चर्चित गायक अभिजितले गरेको ट्विटले सर्वाधिक आलोचना खेपिरहेको छ ।

नेपाल चलचित्र संघले प्रधानमन्त्री दैवी उद्धार कोषमा दुई लाख एघार हजार सहयोग गर्ने भएको छ । संघको बुधबार बसेको बैठकले भुकम्प प्रभावितहरुका लागि खर्च हुने गरी प्रधानमन्त्री दैवी उद्धार कोषमा रक प्रदान गर्ने निर्णय गरेको हो । संघले बिज्ञप्ती जारी गर्दै यस सम्बन्धमा जानकारी गराएको हो ।

अभिनेता राजेश हमालले नेदरल्याण्डमा पुगेर १ अर्ब उठाएको खबरलाई त्यहा बस्ने नेपालीले नै खण्डन गरेका छन् । अभिनेता हमालले कार्यक्रममा पुगेर रकम उठाएको भन्दा पनि उनी सहभागी मात्र भएको नेपालीहरुले फेसबुकमार्फत जानकारी दिएका छन् । अभिनेता हमालले पनि आफ्नो फेसबुक मार्फत आफूले उठाएको भन्दापनि कार्यक्रममा उपस्थित भएको बताएका छन् ।

बलिउडका अभिनेता सलमान खानलाई मुम्बइको सेसन कोर्टले ५ बर्षको जेल सजाए सुनाएको छ । सलमानलाई जेल सजाय सुनाएपछि उनका फ्यान र बलिउड नै स्तब्ध भएको छ ।
विगत १३ बर्षदेखि चल्दै आएको हिट एन्ड रन केसको अन्तिम फैसला आज आएको हो । अदालतले फैसला सुनाउँदा सलमान आफ्नो परिवारको साथमा थिए । उनलाई जेल सजाय सुनाइएपछि उनको परिवारमा पनि नैराश्यता छाएको छ ।

