बलिउड र क्रिकेट बजारमा अब विराट कोहली र अनुष्का शर्माको प्रेमको बारेमा जानकार नहुने कमै मात्र मानिस होलान् । विराट र अनुष्काको प्रेम अब खुलेयाम नै देख्न थालिएको छ । दुबैको समय खाली हुने वित्तिकै विदेशमा एकसाथ समय बिताउने यो जोडी अब फ्याशन शो र अवार्ड कार्यक्रममा पनि देखिन थालेको छ ।
हालै मुम्बइमा आयोजना भएको एक ब्यूटी अवार्ड कार्यक्रममा यो जोडी रेड कार्पेटमा देखिएको थियो । यो समारोहमा कहिले अनुष्का विराटसँग अंकमाल गर्थिन् त कहिले यो जोडी दिल खोलेर हाँस्थ्यो । यो अवार्डमा अनुष्कालाई ‘ब्यूटी अफ द इयर’ उपाधीबाट सम्मानित गरिएको थियो । कार्यक्रममा विराटले अनुष्कालाई खुबै सपोर्ट पनि गरेका थिए ।
यो कार्यक्रममा अनुष्काले गौरी र नैनिकाले तयार पारेको कागती रंगको गाउन लगाएकी थिइन् । गाउनमा अनुष्का खुबै आकर्षक पनि देखिएकी थिइन् । अनुष्काको बारेमा विराटले कमेन्ट गर्दै भने–‘आजको रात अनुष्का विल्कुल कागती जस्तै देखिएकी छिन् ।’ विराटको प्रतिक्रिया पाएर अनुष्का पनि खुबै खुशी देखिएकी थिइन् ।

