गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल फिल्म ‘लव यु बाबा’ जापानको शिनोकुबो फिल्म फेस्टिभलमा छानिएको छ । अभिनेता तथा निर्माता गजित बिस्टले फिल्म अगस्ट महिनाको १६ तथा २० तारिखमा प्रदर्शन हुने जानकारी गराए ।
फेस्टिभलमा १७ वटा देशको सहभागिता रहनेछ । फेस्टिभलमा कोरियन, जापानिज,चाइनिज, सिंगापुर, थाईल्याण्ड, बेल्जियन फिल्महरुको पनि सहभागिता रहनेछ । नेपालबाट निर्देशक सौगातसँगै निर्माता सम्झना पोखरेल फेस्टिभलमा सहभागिता जनाउन जापाने जाने गजितले बताए ।
बाबु छोरीको कथामा आधारित फिलमलाई आठ वर्षिय सौगात बिस्टले निर्देशन गर्दै गिनिज वल्र्ड रेकर्डस्मा सबैभन्दा कान्छो निर्देशकको रुपमा नाम लेखाएका थिए । फिल्मलाई जापानिज भाषामा नै सबटाइटल गरिएको छ । नेपालबाट ‘लव यु बाबा’सँगै भोजराज भाटको निर्देशन रहेको ‘सुनाकली’मा प्रदर्शन हुनेछ । फेस्टिभल अगस्ट १५ बाट सुरु हुनेछ ।

