Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघले पनि बुझायो सुझाव

फिल्मीखबर, काठमाडौं, 2015/07/22

 कलाकार संघको नेतृत्वमा गएको टोलीले पनि बुधबार संविधानको प्रारम्भिक मस्यौदामा सुझाव पेश गरेको छ । बुधबार संविधानसभाका सभामुख सुवास चन्द्र नेम्वाङ र राजनीति संवाद समितिका संयोजक डा. बाबुराम भट्टराईलाई भेटेर कलाकारहरुले संविधानको नीति तथा दायित्व सम्बन्धी धारामा राष्ट्रिय चलचित्र शब्द समावेश गर्नुपर्ने सुझाव दिएका हुन् ।


 नेपाल चलचित्र कलाकार संघ नेतृत्वले सभामुख नेम्वाङ र संयोजक डा. भट्टराईलाई नीति तथा दायित्व सम्बन्धी भागको धारा ५५ (ग) को (६) मा उल्लेख भएको व्यवस्था अनुसार ‘साहित्य कला’ पछाडि ‘राष्ट्रिय चलचित्र’ शब्द समावेश गर्नुपर्ने सुझाव दिए । कलाकार खड्काले नेम्बाङ र भट्टराई दुवैले आफूहरुको सुझावलाई गम्भिरता पूर्वक लिएको बताएको जानकारी गराए । निर्देशक यादव खरेल, रविन्द्र खड्का, लक्ष्मी गिरी, उत्तम केसी, हेमन्त शर्मा, योगेन्द्रमणि दाहाल र लक्ष्मण शेष लगायतले संयुक्त रुपमा सुझाव दिएका थिए ।

Most Visited News (monthly)