Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

साहरुख र काजोलको फिल्ममा अजय

फिल्मीखबर, काठमाडौं, 2015/07/24

बलिउड अभिनेताद्धय साहरुख खान र अजय देवगणको सम्बन्ध खासै राम्रो थिएन । साहरुखसँग अजयकी पत्नी काजोल सर्वाधिक चर्चित पर्दाकी जोडी मानिन्छिन् । यही कारणले गर्दा पनि साहरुख र अजयको सम्बन्धमा दरार आएको चर्चा गरिन्छ ।


तर, वुल्गेरियामा एक साथ रेष्टुरेन्टमा देखिएपछि साहरुख र अजयको दुश्मनी टुङ्गिएको चर्चा गरिएको थियो । अब, अजयले साहरुखको फिल्ममा केमियो भूमिका गर्ने भएका छन् ।
रोहित सेट्टीको निर्देशनमा बनिरहेको फिल्म दिलवालेमा साहरुख र काजोलको साथमा वरुण धवन र कृति सेननको मुख्य भूमिका छ । यो फिल्ममा अजयले पनि केमियो भूमिका निर्वाह गर्न लागेका हुन् ।

 


साहरुखसँग अजयले पहिलो पटक पर्दा सेयर गर्न लागेका हुन् । अजय रोहित सेट्टीका पनि नजिकका साथी मानिन्छन् । रोहितले निर्देशन गरेका फिल्ममा धेरै काम गरेका अजयलाई साहरुखसँग उनै रोहितले मिलाएका थिए । साहरुख र अजय एउटै फिल्ममा देखिने भएपछि यो फिल्मको चर्चा झनै चुलिएको छ । यो फिल्म डिसेम्बर १८ मा प्रदर्शनमा आउँदैछ ।

Most Visited News (monthly)