Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 5.00/5.00)
Text size:-
+
-

तेस्रो एनएफडिसी राष्ट्रिय अवार्ड भदौ २६मा

फिल्मीखबर, काठमाडौं, 2015/07/24

तेस्रो एनएफडिसी राष्ट्रिय अवार्ड भदौ २६ गते आयोजना हुने भएको छ । अवार्डको मनोनयनमा परेका फिल्म तथा फिल्मकर्मीलाई मनोनयनको प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा अवार्डको मिति घोषणा गरिएको हो । शुक्रबार राजधानीमा भएको कार्यक्रममा फिल्म क्षेत्रका विभिन्न व्यक्तिले मनोनयमा अटाएका फिल्म तथा फिल्मकर्मीलाई मनोनयनको प्रमाणपत्र हस्तान्तरण गरे ।


सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले गोपीकृष्णको ब्यानरमा बनेको फिल्म ठमेल डटकमको गीत सार्वजनिक गर्दै उद्घाटन गरेको कार्यक्रममा मनोनयमा परेका फिल्मकर्मीले प्रमाण पत्र ग्रहण गरेका थिए । अभिनेता आर्यन सिग्देल, दयाहाङ राई, अभिनेत्रीहरु नम्रता श्रेष्ठ, केकी अधिकारी तथा विभिन्न विधामा अटाएका फिल्मकर्मीले मनोनयन ग्रहण गरेका थिए ।कर्यक्रममा सम्बोधन गर्दै मन्त्री रिजालले  अवार्डले सर्जकलाई उत्साह प्रदान गर्ने बताउँदै आफ्नो कार्यकालमा आफूले फिल्म क्षेत्रका लागि सक्दो काम गरेका बताए ।

 

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक निरक पौडेलले सबै फिल्मकर्मीको साथ सहयोगले अवार्ड यो स्थानमा पुगेको बताउँदै आगामी दिनमा पनि सबैबाट उस्तै सहयोगको अपेक्षा राखेको बताए । उनले फिल्मका असली निर्णायक दर्शक भएको बताउँदै अवार्डमा पनि उनीहरुको मतलाई प्राथमिकता दिने जानकारी गराए ।विगत तीन वर्षदेखि आयोजना हुँदै आएको अवार्डको यो संस्करणमा २० विधामा अवार्ड प्रदान गरिनेछ । २० मध्ये तीन विधा अप्रतियोगी विधा रहेका छन् ।


निर्णायक समितिले आफै कार्यविधि बनाई छनोट गरेको कुनै एक श्रष्टालाई 'मह' जुरी राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । यस्तै आधिकारिक तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई सर्वोत्कृष्ट व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रका निर्मातालाई “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ  भने नेपाली चलचित्र उद्योगको श्रीबृद्धिका लागि उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक चलचित्र पत्रकारलाई “पुष्कर” चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।

Most Visited News (monthly)