मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बजरंगी भाईजान'ले कमायो दुई सय करोड

एजेन्सी, मुम्बई, 2015/07/26

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म बजरंगी भाइजानले भारतीय बक्स अफिसमा २ सय करोडको आँकडा पार गरेको छ । यो सँगै सलमान अभिनित दुई फिल्मले २ सय करोडको आँकडा पार गरेका हुन् । यसअघि किक फिल्मले २ सय ३२ करोड कमाएको थियो ।



पहिलो साता १ सय ८४ करोडको व्यापार गरेको यो फिल्मको कमाईमा खासै गिरावट आएको छैन । शुक्रबार १३ करोडको व्यापार गरेको यो फिल्मले शनिबार २० करोड कमाउँदै २ सय करोडको आँकडा छोएको हो ।शनिबारसम्म २ सय १७ करोड कमाएको यो फिल्मले ३ सय करोडको आँकडा सजिलै छुनेछ । अहिलेसम्म बलिउडमा फिल्म पीकेले मात्र ३ सय करोडमाथिको व्यापार गरेको छ ।



कविर खान निर्देशित यो फिल्ममा सलमान खान, नवाजुद्दिन सिद्धिकी, करिना कपुर र बाल कलाकार हर्षाली मल्होत्राको अभिनय छ । यो पटक फिल्मको बिषयवस्तु र बाल कलाकार हर्षालीलाई दर्शकले रुचाएका छन् ।