मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुले समय नदिएको निखिलको गुनासो

फिल्मीखबर, काठमाडौं, 2015/07/26

अभिनेता निखिल उप्रेती ५ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्कदा यहाँको माहोल नै फेरिसकेको थियो । जसकाकारण पनि उनलाई यहाँको माहोल र कलाकारको काम गर्ने शैली वुझ्न गाह्रो भैरहेको छ । मिडियामा फिल्म ‘भैरव’की अभिनेत्री अनु शाहलाई स्थान नदिएको भन्ने समाचार आइरहँदा निखिललाई यो कुराले अचम्भित बनाएको छ ।

 

उनले अभिनेत्री अनु शाहलाई प्रमोसनमा नल्याएको भन्ने समाचारको खण्डन गरे । निखिलले  अनु नै फिल्मको प्रचारप्रसारमा अगाडि नआएको बताए ।  निखिलले भने–‘म फिल्मको पोष्ट प्रोडक्शनमा व्यस्त छु । अनुजीलाई ३–४ पटक फोन गरे । सधै छायांकनमा छु भन्नुहुन्छ ।’ अभिनेत्रीको सधैंको यस्तो उत्तरले निखिललाई अचम्म लागेको छ । फिल्म ‘भैरव’बाट पुनरागमन गर्न लागेका निखिलले सर्लाहीमा फिल्म छायांकन गर्न गाह्रो भएको पनि बताए ।

 

सर्लाहीका जनताको भिड र निखिललाई हेर्ने चाहनाले फिल्म छायांकन गर्न गाह्रो भएको उनको वुझाई छ । भाद्र ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई निखिल आफैले निर्देशन गरेका हुन् । फिल्ममा निखिलसँगै अनु शाह, मुरलीधर र जयकिसन बस्नेतको मुख्य भूमिका रहेको छ ।