मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लक्ष्य’को सुटिङ कहिले सकिएला ?

फिल्मीखबर, काठमाडौं, 2015/07/27

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले संभवत पहिलो पटक कुनै फिल्ममा यती लामो समयसम्म काम गरेका होलान् । फिल्म लक्ष्यको छायांकन सुरु भएको लामो समयसम्म पनि नसकिदा उनीहरुलाई हैरानी भएको छ । भूकम्प जानु भन्दा अगाडि सुरु भएको छायांकन विचमा रोकिएर फेरि सुरु भएको थियो । तर, अझै पनि यो फिल्मको छायांकन सकिएको छैन ।


यो फिल्मको छायांकन सकिन अझै १० दिन लाग्नेछ । जसका कारण निर्माताको पनि राम्रै रकम खर्च भैरहेको छ । कलाकारले पनि अरु फिल्ममा काम गर्न पाएका छैनन् । फिल्म श्रोतले दिएको जानकारी अनुसार दिनमा १ वा २ सिन भन्दा धेरै खिचिएको छैन । निर्देशकले समय भएर पनि सिन नखिच्दा बजेट र कलाकारको समय बढ्न गएको हो ।
फिल्मको निर्देशन मिलन आले मगरले गरिरहेका छन् । फिल्मलाई ओमलाल गुरुङ र किरण गुरुङले मिलेर निर्माण गरिरहेका छन् ।