मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेताको पनि उस्तै छ अभाव

फिल्मीखबर, काठमाडौं, 2015/07/26

चर्चित अभिनेता दिलिप रायमाझी ग्रिन कार्ड पाएर अमेरिका हानिदा नेपाली फिल्मले थप एक सक्षम अभिनेता गुमाएको छ । निर्माताले लाखौ रुपैयाँ अभिनेता र अभिनेत्रीकै अनुहारमाथि लगानी गर्ने हुन् । तर, अहिले नेपाली फिल्ममा न त अभिनेता न त अभिनेत्री, कसैको पनि टाउको चल्दैन । यसैले पनि नेपाली फिल्म अझै संक्रमणको अवस्थाबाट पार हुन सकेको छैन ।


अभिनेता आर्यन सिग्देल बर्षमा १२ वटासम्म फिल्म खेल्छन् । यसको एउटा कारण, राम्रो पैसामा आर्यनलाई निर्माताले लगानी गरिरहेका छन् । कुनै समय छानेर बर्षमा एक वा दुइवटा मात्र फिल्म खेल्ने यी अभिनेता अहिले बर्षमा दर्जन फिल्म खेल्छन् र राम्रै कमाउँछन् । चलेका अभिनेता भनिएका जीवन लुइेटलको हकमा पनि यही लागू हुन्छ । उनलाई पनि बर्षमा भ्याई नभ्याई छ ।

 

यसको मुख्य कारण, निर्माताले लगानी गर्दा कथावस्तु भन्दा पनि व्यक्तिमाथि पैसा खन्याउनु हो । फेरि, दोश्रो कुरा लिएपनि आर्यन–जीवन, नलिएपनि आर्यन–जीवनको अवस्था नेपाली फिल्ममा छ । आर्यन जीवनलाई भ्याई नभ्याई भईरहँदा धेरै अभिनेताहरु भने काम बिहिन घरमा थन्किएर बसेका छन् । नेपाली फिल्ममा भविष्य चम्काउने सपना बोकेर आएका धेरै अभिनेताहरु चम्किएनन् । यहाँ नयाँ नभएका होइनन्, तर भएकाले आफ्नो क्रेज नै बनाउन सकेनन् । दर्शकले पत्याउने खालका अभिनेता देखिएनन् । धेरैजसो फिल्ममा काम गर्नु नै ठूलो युद्ध जितेको ठान्छन्, जसका लागि उनीहरु फिल्म खेल्न आफै पैसा लगानी पनि गर्छन् ।


आज बाटोमा हिड्दा पनि दर्शकले नचिन्ने अनुहारहरु नेपाली फिल्ममा प्रशस्तै छन् । ति व्यक्तिलाई हेर्न दर्शक हलसम्म पुग्छन् भनेर सोच्नु पनि मुर्खता हुन्छन् । राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठको जस्तो क्रेज फिल्म बजारका अहिलेका अभिनेताले बनाउन सकेका छैनन् । फिल्ममा लगानी गर्ने र पुराना निर्माताहरु प्नि पहिलेको जस्तो स्टारक्रेज नभएको स्विकार गर्छन् । यसैले अहिले नेपाली फिल्म बनाएर लगानी सुरक्षित हुन्छ भनेर निर्माता पक्का हुने आधार छैन । फिल्म चलाउने कुरामा फिल्मका मुख्य कलाकारको हात सवैभन्दा अगाडि हुन्छ । तर, प्रशस्तै टाउकाहरुको  विचमा पनि नेपाली फिल्मको बजार बढाउने टाउकाहरुको संख्या एकाध मात्र छ ।