Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16249 - 16254 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-05-11, सोमवार

भूकम्प गएपछि यसबाट पीडित बनेकाहरुलाई उद्धार गर्न र राहत वितरणका लागि नेपाली फिल्मका अधिकांश कलाकार लागिपरे । कलाकारहरुले आफूले सकेको स्थानबाट यो विपत्तमा सहयोग पु¥याए र पु¥याइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-05-11, सोमवार

अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा विचको दुश्मनी अब सायदै मेटिएला । किनकी समयले धेरै घाउ पुरेपनि रेखाले आर्यनको मनमा  पारेको घाऊ सायद मेटिएको छैन । त्यही भएर होला आर्यनले रेखासँग फिल्म खेल्ने सम्भावना सकिएको घोषणा गरेका छन् । फिल्मीखबरसँगको एक भेटमा उनले ‘रेखासँग फिल्म खेल्ने कुनै इन्ट्रेस्ट छैन’ भन्दै रेखासँग फिल्म खेल्ने सम्भावनालाई पूर्णतया नकारेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-05-11, सोमवार

भूकम्प पीडितहरूको राहत जुटाउन र वितरण गर्न फिल्मकर्मीहरूको लर्को लागेको छ । चल्तिका कलाकारदेखि उदाउँदा कलाकारहरू सहयोगी बनेका छन् । झण्डै पाँच दर्जनको हाराहारीमा फिल्म खेलिसकेका अभिनेता सुमन सिंह पनि भूकम्प प्रभावितहरुको राहतका लागि दौडधुपमा छन् । 

फिल्मीखबर, काठमाडौं, 2015-05-10, आईतवार

हलिउड अभिनेता ज्याकी च्यानले नेपाली भुकम्प पीडितका लागि एक लाख सिगापुर डलर सहयोग गरेका छन् । नेपालका भुकम्प पीडितका लागि सिंगापुरमा आइतबार आयोजना गरिएको ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड’ नामक कोष स्थापना

फिल्मीखबर, काठमाडौं, 2015-05-10, आईतवार

वैशाख १२ गते गएको भुकम्पका कारण बन्द भएका हलहरु सुचारु हुन थालेका छन् । भुकम्पका कारण बन्द भएका हलहरु गएको शुक्रबारदेखि खुल्न थालेका हुन् । भुकम्पको प्रभावमा नपरेका राजधानी बाहिरका हल भुकम्पका गएको साता बितेदेखि नै चालु रहे पनि राजधानीका हल भने दुई हप्ता पछि बल्ल खुल्न थालेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-05-10, आईतवार

राजेश हमालले नेदरल्याण्डमा भुकम्प पीडितका लागि एक अर्ब संकलन गरेको खबर आगो झैं फैलियो । सामाजिक सञ्जालमा उनका प्रशंसा गर्नेहरुको लर्को देखियो । सहयोग गरेको समाचार सेयर गर्दै मानिसहरुले महानायक भनेको महानायक नै हो भन्ने स्टयाटस लेखे ।

Results : 16249 - 16254 of 24018