मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

ट्विट गरेर फसे सलमान खान

फिल्मीखबर, मुम्बई, 2015/07/27

सन् २००७ मा मुम्बई हमलाको दोषी ठह¥याउँदै भारतीय अदालतले फाँसी दिएका याकूब मेमनको समर्थनमा ट्विट गरेपछि बलिउड अभिनेता सलमान खान नराम्रोसँग फसे । सलमानले याकूबलाई फाँसी दिन नहुने भन्दै उनको बचाउ गरेका थिए । उनले निर्दोषलाई फाँसी दिनु मानवियता नभएको भन्दै ट्विट गरेपछि ट्विटरमा उनी विरुद्ध भारतीयहरु आगो भएका थिए । शिव सेनादेखि अन्य  विभिन्न दलले उनी विरुद्ध अभियान नै सुरु गरेका थिए ।


सलमानका पिता सलिम खानले ट्विटको अर्थ नभएको बताएका थिए । उनले सलमानलाई यस बिषयमा कुनै पनि जानकारी नभएको भन्दै उनले बोल्नुको अर्थ नभएको भन्दै उनको बचाउ गरेका थिए । तर, पनि ट्विटमा सलमानको विरुद्धमा आगो नै बलेको थियो । सलमान आतंकवादीसँग भन्ने ह्यासट्याग प्रयोग गर्दै गरिएको ट्विटले भारतमा नम्बर १ मा ट्रेन्ड नै गरेको थियो ।


यसपछि सलमान खानले अन्त्यमा ट्विट फिर्ता लिएका छन् । सलमानले आफ्नो पिताले भनेका कारणले ट्विट फिर्ता लिएको लेखेका छन् । उनले आफ्नो ट्विटका कारण भएको विवादमा माफी पनि मागेका छन् ।सलमानले आफूले याकूब मेमन अपराधी भएको कुरा नलेखेको बताएका छन् । उनले आफ्नो ट्विटलाई गलत अर्थले लिइएको पनि ट्विटरमा लेखेका छन् ।