मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गन्तव्य अमेरिका !

फिल्मीखबर, काठमाण्डौ, 2015/07/26
नेपाली कलाकारहरूको अमेरिका मोह दिनप्रतिदिन बढ्दो छ । नेपाली फिल्म क्षेत्रमा सुनौलो भविष्य नदेखेपछि अमेरिकाको सुनौलो भविष्यले उनिहरूलाई आकर्षित गरिरहेको छ । 
 
फाट्टफुट्ट अमेरिका हानिने कलाकारहरू यस बर्ष भने अध्याधिक मात्रामा अमेरिकालाई गन्तव्य बनाएका छन् । एक दर्जनभन्दा बढि चलेका फिल्मकर्मी यतिबेला अमेरिकामा छन् । 
 
अभिनेत्रीहरू अरुणिमा लम्साल, नन्दिता केसी, उषा पौडेल, ऋचा घिमिरे, मलिना जोशी, रञ्जना शर्मा, निशा अधिकारी, पूजा चन्द, जल शाहलगायत यति बेला अमेरिकामा छन् । अभिनेत्री केकी अधिकारी केही दिनमा अमेरिका जाँदैछिन् भने अभिनेत्री रेखा थापा भने करिब डेढ महिनाको अमेरिका बसाई सकेर नेपाल फर्कने तयारीमा छिन् । 
 
यता अभिनेताहरू निरज बराल, सुवास थापा, मुकेश ढकाल, दिलिप रायमाझीलाई पनि अमेरिकाले तान्यो । अभिनेता सरोज खनाल भने जवानीमा अमेरिका बसेर बुढेसकालमा नेपाली प्रेम दर्शाउँदै फर्किए । अभिनेता जीवन लुईटेल करिब तीन महिनाको अमेरिका बसाईमा ग्रीनकार्ड लिएर नेपाल फर्के । 
 
यि बाहेक थुप्रै कलाकार तथा फिल्मकर्मी अमेरिकामा छन् । कति स्थायी रूपमा अमेरिका बस्ने योजनामा छन् भने कति फर्कले योजनामा छन् । जो जति छन् सबैको चाहना ग्रीनकार्ड नै छ । जसको मुख्य कारण नै फिल्म क्षेत्रमा आफ्नो भविश्य सुनिश्चित नदेख्नु । 
 
अमेरिकाको ग्रीनकार्ड छोडेर नेपाली फिल्म क्षेत्रमा भविष्य खोज्ने कलाकार पनि नभएका हैनन् । अभिनेत्री प्रियंका कार्की यसको ज्वलन्त उदाहरण हुन् । केही बर्ष अमेरिकाको समुन्द्री छालमा रमाएकी प्रियंका यतिबेला नेपाली फिल्ममा छाल बनेर आएकी छिन् । उनको आगमनले फिल्म क्षेत्रलाई राम्रै भएको छ । यस्तै अभिनेत्री करिष्मा मानन्धर र गौरी मल्ल पनि अमेरिका छाडेर नेपाल फर्कनेमा पर्छन् । 
 
प्रियंका जस्ता कलाकार भने कमै छन् जो अमेरिकाको मोह त्यागेर नेपाली फिल्म क्षेत्रमा संघर्ष गर्न चाहन्छन् । जस्ले जती आदर्शका कुरा गरेपनि अन्तत: अधिकांश फिल्मकर्मीलाई अमेरिकाको ग्रीनकार्डको मोह पक्कै छ ।