
२ महिना फिल्म नलाग्दा नेपाली फिल्म नगरिलाई करोडौको घाटा लाग्ने देखिएको छ । वैशाख र जेठमा आशातित र ठूला बजेटका फिल्म प्रदर्शनमा आउने तयारीमा थिए । तर, यी दुई महिना फिल्म प्रदर्शनमा नआउने संकेत देखिएको छ । फिल्मको प्रदर्शन कहिलेदेखि सुरु गर्ने भन्ने नै अहिलेसम्म टुंगो लागेको छैन ।

कलाकारहरु कसैले घर त कसैले चर्पी बनाएका समाचार आईरहँदा अभिनेत्री करिष्मा मानन्धरको संयोजकत्वमा एक जुट भएका कलाकारहरुले पनि भूकम्प पीडितलाई घर बनाईदिने भएका छन् । सोमबार राजधानीको तीनकुनेमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजधानीबाट ९ किलोमिटर टाढा रहेको धर्मस्थली चौगाउँमा भूकम्प पीडितलाई घर बनाईदिने जानकारी गराएका हुन् ।

कलाकार तथा निर्देशक आकाश अधिकारीले भूकम्प पछि पीडितहरुको उद्धारका लागि कुनै कसर बाँकी राखेका छैनन् । उनले आफ्नो सामाजिक संस्था आशाको ज्योती नेपालको तर्फबाट ५ वटा जिल्लामा पुगेर राहत वितरण गरेका छन् । आशाको ज्योती नेपालस“ग स्वास्थ्य शिविर सञ्चालनमा आइ टु उइ टिमले सहकार्य गरेको थियो ।

जब दुख पर्छ अनी आफ्ना संझेकाहरुको खोजी हुन्छ । अहिले नेपालमा यस्तै भएको छ । वैशाश १२ गते गएको भूकम्पपछि यतिबेला भूकम्प पीडितहरु आफ्नाको खोजी गरिरहेका छन् । दर्शकहरु आफूले रुचाएका कलाकारको खोजी गर्दैछन् ।

भूकम्प पीडितहरुले प्रत्यछ रुपमा राहत नपाएको गुनासो बढिरहेका बेला मोडल एवं अभिनेत्री पल्लवी भट्टले हातमै पर्ने गरी आर्थिक सहयोग गरेकी छिन् । काठमाण्डू साईडको तारकेश्वर नगरपालिका स्थित साङ्गले गाविसमा ज्यान गुमाउने १९ ब्यक्तिका १५ परिवारलाई प्रत्यछ भेटी उनले १ लाख बराबरको आर्थिक सहयोग गरेकी हुन ।

भूकम्प पीडितहरुका लागि राहत वितरणमा सक्रियता देखाएका कलाकारहरु अहिले उनीहरुलाई पूनस्थापनाको लागि लागेका छन् । सोका लागि काभ्रेको रामपुरा डाँडामा अहिले कलाकारहरुको सक्रियतामा अस्थायी टहरा निर्माण भैरहेको छ ।

