Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16219 - 16224 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-05-21, बिहिवार

अभिनेता राजेश हमालले देश चलाउनका लागि सरकारको ढुकुटीमा रकम हुन आवश्यक रहेको बताएका छन् । उनले सरकारमा बस्नेहरुले काम नै नराम्रो गरेर जनताको विश्वास गुमाएको बताए । तर, पनि एकपटक शंकाको सुविधा दिएर हेर्न उनले सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दैवीक प्रकोप तथा उद्दार कोषमा रकम जम्मा नभएपछि सरकारले हमाल लगायत केही कलाकार, खेलाडी र समाजसेवीलाई गुहारेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-05-20, बुधवार

‘हामी सबैका लागि’ नाममा एकत्रित भएका फिल्मकर्मीले ‘प्रोजेक्ट रुफ’ अभियान अन्तर्गत काभ्रेको रामपुर डाँडामा ४० वटा घर बनाई स्थानिय बासिन्दालाई हस्तान्तरण गरेका छन् ।  बुधबार फिल्मकर्मीले बनेका घरलाई नेपाली फिल्मसँग जोड्दै स्थानीयलाई हस्तान्तरण गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-05-20, बुधवार

अनमोल केसीलाई सामान्यतया मल्टिप्लेक्सको हिरो भनेर चिनिन्छ । उनले अभिनय गरेका दुई फिल्म ‘होस्टल’ र ‘जेरी’ सिंगल थिएटरमा भन्दा मल्टिप्लेक्सममै चले । सोही कारणले पनि अनमोलका फ्यान गाउँमा भन्दा सहरमा रहेको अनुमान थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-05-20, बुधवार

बलिउडमा ३ खानपछि नयाँ स्टारडम बनाउने संभावना देखाएका कलाकार हुन्, अभिनेता रणवीर कपुर । कपुर खानदानबाट आएको फाइदा त उनलाई छदै छ, साथमा उनका यूवती फ्यान पनि खुबै छन् । यसैले रणवीरलाई बलिउडको नयाँ नेतृत्वकर्ता पनि भनिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-05-19, मंगलवार

सलमानको उमेरले चालिस काटिसक्यो । सँगैका साथीहरु शाहरुख र आमिरका छोरा छोरी फिल्म डेब्यु गर्नेबेला भईसक्दा पनि सलमान खानको भने बिहे हुन सकेको छैन । भएका गर्लफ्रेण्डलाई टिकाउन नसकेपछि सलमानको लगन आजसम्म जुरेको छैन । संगीता बिजलानी, सोमी अलि, ऐश्वर्या राय, कट्रिना कैफ कसैसँगको सम्बन्ध पनि सलमानले बिहेमा परिणत गर्न सकेनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-05-19, मंगलवार

अभिनेता राजेश हमाललाई नेपाल चलचित्र प्राविधीक संघले महानायकको उपाधी दिएको हो । नेफ्टा अवार्डको समयमा हमाललाई प्राविधिकहरुको संस्थाले महानायक उपाधी दियो । यसपछि उनलाई सबैले महानायक भनेर सम्बोधन गर्छन् र चिन्छन् पनि । नेपाली फिल्ममा धनी कलाकारको रुपमा चिनिएका हमालले विपत्तको समयमा तीनै प्राविधीकलाई सहयोग त के, सोध्दा पनि सोधेका छैनन् ।

Results : 16219 - 16224 of 24018