Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कट्रिनाको दुख्यो मन

एजेन्सी, मुम्बई, 2015/08/05

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्नो उमेरमाथि एक अभिनेताले टिप्पणी गरेपछि मन दुखाएकी छिन् । अभिनेता सिद्धार्थ मल्होत्राले कट्रिनाको उमेर माथि टिप्पणी गरेका हुन् । कट्रिना र सिद्धार्थ मल्होत्रा नित्या मेहराको फिल्ममा एकसाथ काम गर्दैछन् ।

 


सिद्धार्थले कट्रिनाको फिल्म आफूले कलेजदेखि हेरेको भन्दै आफूलाई कट्रिना भन्दै निकै सानो देखाउन खोजेपछि कट्रिनालाई झट्का लागेको हो । उनले पर्दामा भने आफू कट्रिना भन्दा सानो नदेखिने दाबी गरेका थिए । सिद्धार्थको यही कुराले कट्रिनाको मन दुखेको हो । जब कट्रिनाले सिद्धार्थको अन्र्तवार्ता पढिन्, उनी दुखी भइन् । अहिले बलिउडमा कम उमेरका अभिनेता र बढी उमेरकी अभिनेत्रीलाई लिएर फिल्म बनाउने चलन बढ्दै गएको छ ।

 


आर बल्कीले आफ्नो नयाँ फिल्ममा करिना कपुर र अर्जुन कपुरलाई लिएर फिल्म बनाउँदैछन् । कट्रिना पनि फितुर नामक फिल्ममा आफू भन्दा धेरै कान्छा सिद्धार्थ रोय कपुरसँग काम गरिरहेकी छिन् । गतबर्ष फिल्म गुन्डेमा यशराज ब्यानरले प्रियंका चोपडासँग उनी भन्दा कम उमेरका रणवीर सिंह र अर्जुन कपुरलाई जोडी बनाएको थियो ।

Most Visited News (monthly)