Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.92/5.00)
Text size:-
+
-

नम्रताले भनिन् : हल्ला निराधार !

फिल्मीखबर, काठमाडौं, 2015/08/05

गत साता वितरित राष्ट्रिय चलचित्र पुरस्कारका विषयमा आफ्ना बारे विभिन्न ब्लग र सामाजिक सञ्जालमा आएका कुरालाई गलत हल्ला भन्दै नायिका नम्रता श्रेष्ठले दुख व्यक्त गरेकी छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टयाटस लेख्दै अनलाइन तथा ब्लगमा आएका समाचार तथ्यहीन भएको बताएकी हुन् । राष्ट्रिय पुरस्कार वितरण समारोहमा आफू चाँडै बाहिरिएको र आफूलाई अवार्ड नदिइएको विषयमा नचाहिँदो अनुमान लगाइएको उनले स्ट्याटसमा लेखेकी छिन् ।


‘पुरस्कार नपाएका कारण चाँडै बाहिरिएको भन्ने हल्ला सरासर निराधार हो । त्यो दिन मेरो म्युजिक भिडियोको सुटिङ थियो । बोर्डबाट अनुरोध आएकाले गएकी हुँ । युनिट कुरिरहेकाले सकिने बित्तिकै गएँ,’ नम्रताले लेखेकी छिन् ।  उनले  आफ्नो मौनताको गलत अर्थ लगाइएको पनि उल्लेख गरेकी छिन् । आफूले राष्ट्रिय पुरस्कार किन नपाएको भन्ने विषयमा भने उनले यो जुरी र चलचित्र विकास बोर्डको काम भन्दै कुनै टिप्पणी नगर्ने बताएकी छन् ।
 

Most Visited News (monthly)