
विनाशकारी महाभूकम्पमा परेका पीडितको सहयोगार्थ केही नेपाली फिल्मले च्यारिटी गर्ने भएका छन् । ‘हाइवे टु धम्पुस’ र ‘एभरेस्ट’ ले अमेरिकाको बिभिन्न शहरमा च्यारिटी गरिने जानकारी यसअघि नै बाहिरीसकेको छ । च्यारिटी गर्ने लिस्टमा ‘त म र उ’ नामको फिल्म पनि थपिएको छ ।

बलिउड अभिनेता साहरुख खान कानुनी समस्यामा परेका छन् । उनलाई आफ्नो क्रिकेट टिम कोलकत्ता नाइट राइडर्सको शेयर सस्तोमा वेचेको आरोप लागेको छ । साहरुखलाई यो महिनाको अन्तिमसम्म उपस्थित हुन भनिएको छ ।

वैशाख २९ गते ७.२ रेक्टर स्केलको भूकम्प गएपछि काठमाण्डौ लगायत देशभरका हल फेरि प्रभावित भएका छन् । वैशाख १२ गते गएको भूकम्पले बन्द भएका हल शुक्रबारबाट चल्न थालेका थिए । तर, वैशाख २९ मा अर्को शक्तिशाली भूकम्प गएपछि हलहरु बन्द भएका हुन् ।

अभिनेत्री मनिषा कोइरालाले बैशाख १२ गतेको भूकम्पका कारण विस्थापित गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरूका साथै युवायुवतीको पक्षमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को सद्भावना दूतका हैसियतले आवाज बुलन्द गर्न आफु प्रत्यक्ष रुपमा सहभागि हुने र सघाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

पूर्व मिस वल्र्ड प्रियंका चोपडालाई दर्शकले फेरि एक पटक पुलिसको अधिकारीको भूमिकामा देख्ने भएका छन् । फिल्म ‘गंगाजल २’मा प्रियंकालाई दर्शकले आइपिएस अफिसरको रुपमा देख्ने भएका हुन् । प्रियंकाले यसअघि ‘गुन्डे’मा पुलिस अफिसरको भूमिका निभाएपनि पुलिसको ड्रेसमा देख्न पाएका थिएनन् ।

फिल्म निर्माता सुवास गिरी र अभिनेता आर्यन सिग्देलको सहकार्य अहिले फिल्म निर्माणसँगै समाजसेवामा पनि एकसाथ देखिएको छ । अभिनेता सिग्देलले निर्माता गिरीलाई भूकम्पबाट पीडित भएकाहरुको सहयोगका लागि दरिलो साथ दिएका छन् । सिन्धुपाल्चोक, रसुवा, नुवाकोटमा राहत वितरण गरेको सुवास गु्रप अफ कम्पनीले सिन्धुलीमा करिब १० लाख बराबरको औषधी प्रदान गरेको छ ।

