Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16237 - 16242 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-05-15, शुक्रवार

 विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री कट्रिना कैफले पहिलो पल्ट सहभागिता जनाएकी छिन् । कान्सको ६८ औं संस्करणमा सहभागिता जनाउने कट्रिना भारतको तर्फबाट कान्समा सहभागिता जनाउने तेस्रो अभिनेत्री बनेकी छिन् । कान्समा यसअघि ऐशवर्या राय र सोनम कपुरले मात्र सहभागिता जनाउँदै आएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-05-14, बिहिवार

वैशाख १२ गते गएको भूकम्पबाट गम्भिर घाइते भएका प्राविधिक धनबहादुर श्रेष्ठको मृत्यु भएको छ । उपचारका क्रममा उनको काठमाण्डौको निधान अस्पताला मृत्यु भएको हो । ५८ बर्षका श्रेष्ठ भूकम्प जाँदा आफ्नो घर काभ्रेमा थिए । घर भित्र रहेकी ९८ बर्षकी आमालाई बचाउँन खोज्दा उनलाई घरले किचेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-05-14, बिहिवार

अभिनेता राजेश हमालले नेदरल्याण्डबाट १ अर्ब उठाएको खबरले तातेको नेपाली मिडिया अहिले उनले डेढ अर्बको औषधी ल्याएको भनेर  चर्चामा छ । अभिनेता हमालले नेदरल्याण्डमा १ अर्ब उठाएको भन्ने खबर झुटो सावित भैसकेको छ । नेदरल्याण्डका नेपालीले हमालले आफ्नो पहलमा उठाएको भनिएको एक अर्ब रकम उठिसकेको भन्दा पनि उठाउने लक्ष्य मात्र रहेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-05-14, बिहिवार

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको प्रेम जोडी भएको त सबलाई थाहा छ । दुवैले यो कुरा आफ्नै मुखले भने सकारेका छैनन् ।  बिदा मनाउँदादेखि हरेक स्थानमा एकसाथ देखिएपनि यो जोडी आफूलाई साथी मात्र भन्दै आएको छ । तर, एकसाथ हिड्दा रनवीर र दीपिकाले फ्यानसँग पोज दिन छाडेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-05-13, बुधवार

नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालका भूकम्प पीडितका लागि अस्थायी घर बनाउने अभियानमा साथ दिने भएकी छिन् । मनिषाले ‘लोकाजित’ नामको एनजिओको पहलमा भारतको नागपुरमा भएको रकम संकलन कार्यक्रममा नेपालमा घरबार बिहिन मानिसका लागि ५० वटा अस्थायी घर निर्माण गर्ने अभियानमा आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-05-13, बुधवार

महाभूकम्पका कारण जेठ १ गतेको मितिमा रिलिज हुन नपाएको फिल्म 'चंखे शंखे पंखे'को नयाँ रिलिज मिति घोषणा गरिएको छ । निर्देशक सुर्दशन थापाले दिएको आधिकारिक जानकारी अनुसार आउँदो कार्तिक ३ गते पर्न जाने  फुलपातीका दिन देखि मोफसल र कार्तिक ६ गते देखि काठमाण्डू उपत्यकामा चंखे रिलिज हुने छ ।

Results : 16237 - 16242 of 24018