
भूकम्प पीडितका लागि राहत दिने भन्दै निर्माताद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले पुरानो चलचित्र ‘छ एकान छ’ पुन रिलिज गर्न लागेका छन् । आउँदो शुक्रबारबाट यो फिल्म देशभरका फिल्म हलमा लाग्ने दिपकको भनाई छ । फिल्मबाट आएको शेयरको सम्पूर्ण अंश भूकम्प पीडितका लागि खर्च गर्ने उनीहरुको भनाई छ ।

भूकम्प गएपछि नेपाली फिल्मका विभिन्न संघसस्थाले आ आफ्नै तबरले काम गरे । कुनै संस्था सक्रिय नै देखिए भने कुनै निष्क्रिय । कुनै संस्था भने देखाउनका लागि मात्र सक्रिय देखिए ।यस्तो समयमा सबैभन्दा सक्रिय देखिनुपर्ने संस्था हो, नेपाल चलचित्र कलाकार संघ । यो संघ सक्रिय देखिएजस्तो पनि देखियो, तर देखाउनका लागि मात्र । दैनिकजसो सामान्य काम गरेको तस्बिर फेसबुकमा राखेर र मिडियामा समाचारको आग्रह गरेर कलाकार संघले काम भन्दा प्रचार ज्यादा खोजेको देखियो ।

केही दिनदेखि नेपाली मिडियामा एउटा समाचारले स्थान पाइरहेको छ । प्रधानमन्त्री दैविक प्रकोप कोषमा रहम सोचे अनुसार जम्मा नभएको भन्दै सरकारले केही कलाकार, खेलाडी र समाजसेवीलाई बोलायो । उनीहरुलाई सरकारले जनतालाई यो कोषमा रकम जम्मा गर्नका लागि अपिल गरिदिन आग्रह ग¥यो ।

राजबल्लभ कोइरालाको अभिनय रहेको फिल्म ‘हाइवे टु धम्पुस’ले न्युयोर्कको सोहो फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको उपाधि हात पारेको छ । फिल्मले ‘वल्र्ड सोकेस’ क्याटोगोरीमा जुरी अवार्ड हात पारेको हो ।कोइरालाले सामाजिक सन्जालमा स्ट्याटस पोस्ट गर्दै फिल्मले पाएको उपलब्धि सेयर गरेका हुन् ।

केही दिन अघि हलिउड अभिनेता ज्याकी च्यान र बलिउड अभिनेताआमिर खान भारत चीनको संयुक्त लागनीमा बन्न लागेको ‘कुङफू योगा’मा अभिनय गर्ने समाचार बाहिरिएको थियो । तर यस्तो समाचार आएको हप्ता दिन बित्न नपाउँदै आमिर खानले आफूले ज्याकी च्यानसँग अभिनय गर्ने भनिएको समाचारको खण्डन गरेका छन् ।

वैशाख १२ गते गएको भूकम्पका कारण जेठ ७ गते मनाइदै आइएको चलचित्र पत्रकारिता दिवस पनि पूर्ण रुपमा प्रभावित भएको छ । आज मनाइदै आएको चलचित्र पत्रकारिता दिवस भूकम्पका कारण उल्लासमय तरबले मनाउन नसकिएको चलचित्र पत्रकार संघले विज्ञप्ती निकालेर बताएको छ । महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा हरेक बर्ष चलचित्र पत्रकारिता दिवसमा प्रदान गर्दै आइएको चलचित्र पत्रकारिता पुरस्कार र सम्मान पनि वितरण गर्न नसकिएको बताएका छन् ।

