Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जीवन र वर्षाको ‘काफल’ माघमा झर्ने

फिल्मीखबर, काठमाडौं, 2015/08/05

अभिनेता जीवन लुइटेल र मोडल बर्षा राउतविच काफल पाकेको छ । माघ १ गतेबाट देशभरका हलमा यी दुइविच काफल पाक्न लागेको हो ।नयाँ महिला निर्देशक सावित्री खत्रीले जीवन र बर्षालाई नयाँ फिल्म काफल पाक्योमा जोडी बनाएकी हुन् । फिल्ममा जीवन सोझो यूवक र बर्षा आधुनिक यूवतीको भूमिकामा देखिएका छन् ।


काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको अडियोको साथमा २ वटा गीतको भिडियो र ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्मको ट्रेलरमा अभिनेता लुइटेल गुल्मेली युवाको भूमिकामा देखिएका छन् । कार्यक्रममा आएका चलचित्रकर्मी र पत्रकारले जीवनको भूमिकाको प्रशंसा गरे । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फिल्मको एल्बम बिमोचन गरे । फिल्मको गीतमा विकास चौधरीको संगीत छ ।

 

 


कार्यक्रममा बोल्दै फिल्मकी निर्देशक सावित्री खत्रीले करिब २ बर्ष लगाएर फिल्म बनाएको बताइन् । फिल्ममा सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी छ । रेडपाण्डा डान्स एन्ड मुभि हाउसको ब्यानरमा बनेको फिल्मकी कार्यकारी निर्माता लक्ष्मी केसी हुन् ।अभिनेता लुइटेलले पनि यो फिल्मबाट आफू हिरो भन्दा पनि कलाकारको रुपमा उदाउने विश्वास व्यक्त गरे । उनले फिल्ममा काम गर्दा १६ बर्षे ठिटो भएको अनुभव आफूले गरेको सुनाए ।

 

 

Most Visited News (monthly)