आर्यन सिग्देलले आफ्ना प्रतिस्पर्धी अभिनेतासँग आफ्नो जन्मदिन मनाएका छन् । आर्यनले बुधबार जीवन लुईटेल र दयाहाङ राईसँग जन्मदिन मनाएका थिए । तीनै जनालाई एक अर्काका प्रतिस्पर्धी अभिनेता मानिन्छ । तर तीनै जनाका बीचमा सम्बन्ध भने सौहाद्र छ जुन आर्यनको जन्मदिनको केक काट्दा पनि देखिएको थियो । अझ आर्यन र जीवन त पारिवारिक रुपमै नजिक छन् । त्यसैगरि दयाहाङ राईको उद्योगका सबैसँग मित्रवत सम्बन्ध छ ।
तिनै जनालाई एकठाउँमा भेला गर्ने काम भने टिभी फिल्मीले गरेको थियो । नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धीमा क्रियाशिल टि.भी.फिल्मीले श्रावण २० गते आर्यन सिग्देललाई सप्राईज दिदै जन्म दिनको खुसी सोटेको हो । आफ्नो जन्म दिनको केक काट्दै आर्यनले टि.भी. फिल्मी परिवारले नसोचेको उपहार दिएको बताए । उनले भने, ‘सपनाले मध्यरातमा केक काटेर सरप्राइज दिएकी थिइन् । टिभी फिल्मीले पनि सरप्राइज दियो । म टिभीफिल्मी परिवार प्रति आभारी छु, ।’

कलाकारद्धय जीवन र दयाहङले पनि आर्यनलाई जन्म दिनको शुभकामना दिए । आर्यनले आफ्नो बास्तविक उमेर नबताए पछि जीवनले भने आर्यन म भन्दा सानो लाग्थ्यो तर उमेरमा म भन्दा पनि ठूलो (आफु २५ बर्ष र आर्यन २७ बर्ष) भएको बताए । चलचित्र क्षेत्रमासहकार्य गर्न पाईयोस भन्दै उनले चलचित्रहरुमा सँगै काम गर्न पाईयोस भन्ने कामना गरे ।
यस्तै दयाहाङले आर्यनको एक बर्ष उमेर घटेकोमा म दुख लागेको छ भन्दै जन्मदिनको शुभकामना दिएका थिए ।पर्दा बाहिर आजमात्र सँगै देखिएपनि आर्यन, जीवन र दयाहाङ राई पर्दा भित्र एउटा फिल्ममासँगै देखिएका थिए । र त्यो फिल्म हो ‘मेरो एउटा साथी’ छ । आर्यनको मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ र जीवनले सानो सानो भूमिका निर्वाह गरेका थिए ।

