Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमकथामा ‘सपना तिम्रो मेरो’

फिल्मीखबर, काठमाडौं, 2015/08/04

फिल्म ‘सपना तिम्रो मेरो’ को चर्चा बढ्ने क्रममा छ । शुक्रबारबाट फिल्म हलमा प्रदर्शन हुन लाग्दै गर्दा यसको यूनिटले प्रचारका लागि प्रेसमिटको आयोजना गरेको छ ।
काठमाण्डौमा आयोजना गरिएको प्रेसमिटमा यसका लेखक, निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म पूर्ण पारिवारिक भएको दाबी गरे । उनले परिवारसँगै बसेर हेर्न मिल्ने यो फिल्मले प्रेमलाई उठान गरेको बताए ।

 

 


फिल्मका एक अभिनेता सुशान्त कार्कीले द्धन्द्धात्मक पाटोमा आफूलाई यो फिल्मले माथि लैजाने विश्वास व्यक्त गरे । फिल्ममा मुख्य भूमिका निर्वाहा गरेकी जान्वी बोहराले पनि करिअर अगाडि बढाउन फिल्मको महत्वपूर्ण हात रहने बताइन् । कार्यक्रममा ढिलो आइपुगेकी अर्की कलाकार सुरजनी केसीले पनि यो फिल्ममा काम गर्दा रमाइलो भएको सुनाइन् । फिल्मका मुख्य अभिनेता सविन श्रेष्ठले आफ्ना लागि यो फिल्म करिअरको एक सफल पाटो हुने विश्वास व्यक्त गरे ।

 


प्रेमकथामा आधारित  फिल्ममा अर्जुन पोख्रेलको संगीत छ । कार्यक्रममा उपस्थित भएका संगीतकार पोख्रेलले २ वटा गीत फिल्ममा रहेको बताउँदै गीतले चर्चा पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्यले पनि आफूल फिल्म हेरेको बताउँदै फिल्मले दर्शक सन्तुष्ट पार्ने बिचार व्यक्त गरे ।

Most Visited News (monthly)