
भूकम्प पीडितका सहयोगार्थ नेपाली सांगीतिक तथा फिल्म क्षेत्रका कलाकर्मी र राजनीतिक दलका नेताविच फुटबल खेल हुने भएको छ । जेठ ३ गते शनिबार हल चोक मैदानमा फुटबल खेल आयोजना गर्न लागिएको आयोजक संस्था नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देबकोटाले बताए ।

बलिउड अभिनेता ऋतिक रोशनलाई त डान्सका गुरु नै मानिन्छ । उनी नृत्यमा दख्खल भएका अभिनेता हुन् । तर, उनै ऋतिक अहिले अभिनेता बरुण धवन र अभिनेत्री श्रद्धा कपुरको प्रशंसा गरेर थाक्दैनन् । श्रद्धा र बरुण फिल्म ‘एवीसीडी २’ मा एकसाथ देखिदैछन् ।

अभिनेता आर्यन सिग्देलसँग सम्बन्ध राम्रो भएको भए सायद निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘प्रेम गीत’ उनैलाई खेलाउन सक्थे । तर, यी दुई फिल्मीकर्मी विचको दुश्मनीले दुबैले ‘मधुमास’ यता एकसाथ काम गरेका छैनन् ।

भूकम्पको कारण रोकिएका फिल्मको सुटिङ सुरु भएको छ । पराकम्पन जारी रहँदा पनि फिल्मकर्मीहरुले दैनिकीमा फर्कंदै सुटिङ सुरु गरेका हुन् । पराकम्पन चलिरहँदा पनि कम्तिमा आधा दर्जन फिल्मले छायांकन जारी राखेका छन् । छायांकन जारी राख्नेमा ‘ब्रासलेट’, ‘ड्रिम्स’, ‘बाजीगर’, ‘लक्ष्य’ आदि रहेका छन् ।

बाबु छोरीको सम्बन्धमा बनेको फिल्म ‘पिकु’ले सय करोड भारु कमाई गरेको छ । फिल्मले १३ औं दिनमा सय करोडको आँकडा छुन सफल भएको हो । योसँगै ‘पिकु’ सय करोड कमाउने यो वर्षको तेस्रो फिल्म बनेको छ । यसअघि अक्षय कुमारका ‘बेबी’ र ‘गब्बर इज ब्याक’ले देश विदेश गरी सय करोड भन्दा बढी कमाई गरेका छन् ।

अभिनेत्री प्रियंका कार्की भूकम्प गएपछि बदलिएकी छिन् । वैशाख १२ अघिकी प्रियंका र त्यसपछिकी प्रियंकामा ठूलो परिवर्तन आएको छ । भूकम्प आएको आज एक महिना भयो । एक महिना भएको दिनलाई संझदै प्रियंकाले आफू बदलिएको फेसबुकमार्फत लेखेकी छिन् । उनले जीवनको परिभाषा नै बदलिएको लेखेकी हुन् ।

