Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

कटप्पाले किन मार्यो बाहुबली ?

फिल्मीखबर, काठमाडौं, 2015/08/06

यो बर्ष नै धमाका मच्चाउन सफल साउथ फिल्म बाहुबलीले एक प्रश्न दर्शकलाई छाडेर सकिएको छ । फिल्मको अन्तिममा उनका विश्वसनिय पात्र कटप्पाले बाहुबलीको हत्या गर्छन् । बाहुबलीको कटप्पाले हप्या गरे लगतै फिल्म सकिन्छ ।


फिल्मले हिन्दी भर्सनमा पनि १ सय करोड कमाई सकेको छ । तर, पनि दर्शकको मनमा बाहुबलीलाई कटप्पाले किन मारे भन्ने प्रश्न उब्जिनै रहेको छ । फिल्मका निर्देशक एसएस राजमौलीले यसको कारण खुलाएका छन् । उनले फिल्मको पहिलो भाग यस्तो दृश्यमा गएर अन्त्य गर्न चाहन्थे, जसलाई दर्शकले सधै संझि नै रहुन् । फिल्मको दोश्रो भाग सन् २०१६ मा प्रदर्शनमा आउँदैछ । यसैले, निर्देशक चाहन्थे सन् २०१६ सम्म दर्शकले फिल्मको अर्को भागलाई नविर्सिउन् ।


यसैले उनले यस्तो दृश्यको खोजी गरेको बताए । राजमौलीले भने–‘दर्शकले संझनलायक दृश्य भएपछि मलाई यसको सिक्वेल बनाउन सजिलो हुनेछ । अब, एक बर्षसम्म म ढुक्कले यसको अर्को भाग बनाउन सक्नेछु ।’ निर्देशकका अनुसार फिल्मलाई दर्शकले संझिराखुन् भन्नका लागि कटप्पाले बाहुबलीलाई मारेको देखाइएको हो । तर, यसको कारण दोश्रो सिक्वेलमा खुल्ने निर्देशनको भनाई छ ।

Most Visited News (monthly)