Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवनलाई चलचित्रको संख्या प्यारो

फिल्मीखबर, काठमाडौं, 2015/08/06

अभिनेता जीवन लुइटेल अहिले व्यस्त छन् । फिल्म क्षेत्रमा उनको चर्चा बढ्दै गएपछि उनको व्यस्तता बढ्नु स्वभाविक हो । जीवनले आजसम्म अभिनय गरेका फिल्ममा ‘नाई नभन्नु ल’ बाहेक अन्यको चर्चा धेरै छैन । जीवनले पनि संझनलायक फिल्म यही नै गरेको छु भनेर भन्न सक्दैनन् ।


तर, यी अभिनेतालाई फिल्मको संख्या पनि महत्वपूर्ण हुने देखिएको छ । अभिनेता लुइटेलको मुखबाट निस्किएको एक भनाइले पनि उनले आफूले कतिवटा फिल्म गरे भनेर भन्न चाहेको देखाउँछ । एक कार्यक्रममा अभिनेता लुइटेलले बोल्ने क्रममा भने–‘मैले भर्खरै मात्र मेरो ३१ औं फिल्म ‘रिफ्यूजी’ सकेर आएको छु ।’ जीवनले रिफ्यूजीलाई ३१ औं फिल्म भनेर भन्नुको पछाडि  उनले मैले पनि धेरै फिल्म गरेको छु है भनेर जानकारी दिन खोजेको स्पष्ट हुन्छ ।

 


फिल्म ‘काफल पाक्यो’को कार्यक्रममा ‘रिफ्यूजी’को कुरा गर्दै जीवनले आफूले खेलेका फिल्मको संख्या खुलाए । जसबाट पनि उनले फिल्मको गुणस्तर भन्दा पनि संख्यालाई विशेष ध्यान दिएको देखिन्छ । फिल्म ‘काफल पाक्यो’मा जीवनको अभिनयलाई रुचाइएको छ । तर, जीवनले फिल्मको संख्यासँगै गुणस्तरतर्फ पनि ध्यान दिने हो कि ?

Most Visited News (monthly)