अभिनेता अनमोल केसीले आफू ‘होस्टल रिटन्र्स’ मा नरहेको स्पष्टिकरण दिएका छन् । फिल्मीखबरसँग कुरा गर्दै उनले फ्यानलाई नझुक्किन आग्रह गरेका छन् ।
‘होस्टल रिटन्र्सको पहिलो भाग खेलेकाले धेरैले यसमा पनि मनै छु भन्ठानेर यसका बारेमा बारम्बार सोध्ने गर्नु भएको छ । उहाँहरु सबैलाई जानकारी होस् यसमा म छैन । तर फिल्मलाई मेरो सफलताको अग्रिम शुभकामना छ,’अनमोलले भने
अनमोलले दर्शकले आफूलाई ‘ड्रिम्स’ मा देख्न सक्ने पनि स्पष्ट पारेका छन् । अबको मेरो रिलिज ‘ड्रिम्स’ हो । दर्शकले मलाई यहीं मात्र देख्न सक्नुहुनेछ,’ अनमोल फिल्मीखबरसँगको भिडियो अन्तर्वातामा बताए । उनले केही दिन अघि आफूले ‘होस्टल रिटन्र्स’को प्रवद्र्वन गरिरहेको भन्ने समाचारको पनि खण्डन गरेका छन् । ‘म सायदको सिक्वेलका कुरा गरौं भनेर सुनिल रावल दाइले बोलाएर गएको थिएँ । सोही समयमा होस्टल रिटन्र्सका कलाकार पनि आए । नयाँ र पूरानो होस्टल टिमसँगै फोटो खिचौ भनेर फोटो खिचेको हो । तर त्यो फोटो मैंले फिल्मको प्रवद्र्धन गर्दैछु भन्ने सन्दर्भमा आयो । त्यो गलत कुरा हो,’ अनमोलले भने ।
अनमोल हाल आफ्नै बुबा भुवन केसीले निर्देशन गरिरहेको ‘ड्रिम्स’को सुटिङ गरिरहेका छन् । मुस्ताङ र पोखरा गरी दुई सेड्युल सुटिङ भईसकेको फिल्मको अन्तिम सेड्युल केही दिन पछि काठमाडौंमा सुरु हुँदैछ । उनले ‘ड्रिम्स’मा आफू टोटल हिरोको रुपमा आउन लागेको बताए ।
‘यसअघिका दुवै फिल्ममा मैंले लभरब्वाईको भूमिका मात्र निर्वाह गरेको थिएँ । तर यो फिल्ममा दर्शकले मलाई लभरब्वाईसँगै बिजनेश इन्टरप्रेनर र जंकी केटाको रुपमा पनि देख्न सक्नुहुनेछ ,’ अनमोलले भने ।दुई वर्षअघि फिल्म ‘होस्टल’बाट अभिनय थालेका अनमोलको अघिल्लो साल ‘जेरी’ प्रदर्शनमा आएको थियो । दुवै फिल्म सफल मानिएका थिए ।


