Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युरोपमा चम्कदै छ `रातो घर`

फिल्मीखबर, लण्डन, 2015/08/06
झण्डै दुई साताअघि बेलायतमै प्रिमियर गरिएको नेपाली फिल्म 'रातो घर' अहिले यूकेका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको छ । निकेश लिम्बुको निर्माणमा सुरज सुब्बा नाल्बोले निर्देशन गरेको यो फिल्मले यूकेका दर्शकमाझ गतिलो प्रशंसा बटुलिरहेको छ ।
 
 
 
जुलाई अन्तिम साता अल्डरसटको प्रिन्सेस हलमा 'रातो घर'को रेड कार्पेट गय्राण्ड प्रिमियर गरिएको थियो । निर्देशक सुब्बा र निर्माता लिम्बुसंगै 'हँसिया' फिल्मका निर्देशक मिलन चाम्स, गायकहरु ओमबिक्रम विष्ट, योगेश्वर अमात्य लगायत प्रिमियरमा सहभागी थिए । सबैले फिल्मको तारिफ गरे । 
 
 
प्रिमियरको केहि दिनपछि नै अगस्ट २ तारिख आइतबार स्वीण्डनमा यो फिल्म प्रदर्शन गरिएको छ । कोपिला सुब्बाको संयोजनमा ताप्लेजुंगका बाढीपहिरो पीडितको सहयोगार्थ त्यहाँ 'रातो घर' देखाइएको थियो । त्यहाँ पनि फिल्मलाई रूचाईएको पाईयो ।  
 
त्यस्तै यहि शनिबार अगस्ट ८ तारिखमा केन्टमाकेन्टमा 'रातो घर' प्रदर्शन हुंदैछ जसको व्यवस्थापन नेपालिज युथ अर्गानाइजेसनले गर्दैछ ।अगस्ट १५ तारिखका दिन साउथ ईस्ट लण्डनको वीलवीचमा पनि फिल्म देखाउने कार्यक्रम छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास यूके र केके मुभिज प्रोडक्सनले संयुक्त रुपमा वीलवीच शो गर्न लागेका हुन् ।
 
वीलवीचको डिएलआर स्टेसन अगाडिको पर्पल भेन्युमा फिल्म प्रदर्शन गरिने केके मुभिज निर्देशक कुशल श्रेष्ठले बताए । निर्माता लिम्बुका अनुसार 'रातो घर' आसफोर्ड, रेडिंग, ह्यारो, क्याट्रिक र मेइडस्टोनका साथै वेल्स र स्कटल्याण्डमा समेत देखाइने कार्यक्रम छ । उनका अनुसार स्थानीय दर्शकहरुको अनुरोध भयो भने अन्य स्थानमा पनि फिल्म प्रदर्शनको व्यवस्था गरिनेछ । 
 
मांगहिम फिल्मस र तक्मे प्रोडक्सन मिलेर बनाएको 'रातो घर'लाई लण्डनपछि नेपालमा प्रदर्शन गर्ने बताइएको छ । यो फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुवँर, श्याम राई मुख्य भूमिकामा छन्। कालो काम गर्नेहरूको सेतो कथा भनिएको यो फिल्म नेपालमा भने कहिले प्रदर्शनमा आउँछ पक्का भएको छैन। 
Most Visited News (monthly)