Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

जन्मदिनमा गितार उपहार पाउँदा दंग आर्यन

फिल्मीखबर, काठमाडौं, 2015/08/06

अभिनेता आर्यन सिग्देलले वुधबार आफ्नो ३२ औं जन्मदिन मनाए । जन्मदिन मनाउँदै गर्दा आर्यनलाई धेरैले  उपहार दिए । तर, आर्यनले फिल्म ‘क्लासिक’को यूनिटबाट पाएको गिफ्ट भने विशेष थियो । फिल्म ‘क्लासिक’मा आर्यन गायकको भूमिकामा देखिदैछन् । यसैले पनि उनले फिल्म भित्र गीतार बजाउन सिक्नुपर्नेछ । आर्यनलाई भूमिका भित्र अझ डुब्न सजिलो होस् भनेर फिल्म ‘क्लासिक’ यूनिटले उनलाई गितार उपहार दियो ।

 


‘क्लासिक’का निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी, संगीतकार ताराप्रकाश लिम्बु र अभिनेत्री नम्रता श्रेष्ठसँग जन्मदिन मनाउँदै गर्दा आर्यनलाई गितार सरप्राइज गिफ्ट आएको थियो । आर्यनले पनि आफूलाई गितार बजाउन नआउने भन्दै अब सिक्ने बताए । निर्माता सुवास गिरीले आर्यनलाई भूमिका अनुसारको उपहार दिइएको बताए ।

 

पत्नी सपनाको साथमा ‘क्लासिक’ यूनिटसँग जन्मदिन मनाउँदै आर्यनले केक काटे ।वुधबार दिनभरी नै जन्मदिन मनाउनमा नै व्यस्त बनेका आर्यनका लागि गितार उपहार विशेष बनेको थियो । संगीतकार ताराप्रकाश लिम्बुले फिल्म ‘क्लासिक’का २ वटा गीत गाएर माहोललाई संगीतमय बनाएका थिए । ३२ बर्षको लागेका आर्यन नेपाली फिल्मका सफल अभिनेता हुन् ।  फिल्मको छायांकन असोजबाट सुरु हुनेछ ।

Most Visited News (monthly)